मेचीनगर, जेठ २८ । झापा मेचीनगर नगरपालिका क्षेत्रका खोलाबाट उत्खनन गरिएको नदिजन्य पदार्थमा भ्रष्टचार भएको मेचीनगरमा क्रियशील राजनितिक दलहरुले आरोप लगाएका छन ।
नगरमा क्रियशील पाँच राजनितिक दलका तर्फबाट आज नगरपालिकामा ज्ञापन पत्र बुझाउँदै दलहरुले नदिजन्य पदार्थ उत्खननमा भएको भ्रष्टचारलाई नगरपालिकाले ढाकछोप गर्न खोजेको बताएका छन । राजनितिक दलका तर्फबाट बुझाएको ज्ञापन पत्रमा भनिएको छ, ‘सर्वपक्षीय अनुगमन गर्दाको तथ्याङ्कलाई गलत सावित गर्दै अनियमितता र भ्रष्टचारीलाई ढाकछोप गर्ने उद्देश्यले तथ्याङ्क प्रस्तुत गर्दै सार्वजनिक गरिन्छ र भ्रष्टचारीलाई उन्मुक्ति दिने कार्य गरिन्छ ।’
ज्ञापन पत्र बुझाउने क्रममा नेकपा एमाले मेचीनगरका अध्यक्ष राजु पोखरेलले नदिजन्य पदार्थ मापदण्ड भन्दा बढी उत्खनन भएको वास्तविक तथ्याङ्क नै नगरपालिकाले लुकाएर गलत तथ्याङ्कलाई सार्वजनिक गरेको आरोप लगाउनु भयो । वहाँले भन्नुभयो, ‘दलहरु सहितको अनुगमनले निकालेको नदिजन्य पदार्थ बढी उत्खनन भएको परिमाण र नगरले सार्वजनिक गरेको परिमाणमा फरक पर्यो ।’
नेपाली काँग्रेसका क्षेत्रीय सभापति मणीकुमार उप्रेतील नदिजन्य पदार्थ उत्खननमा भएको भ्रष्टचारको कारण नगरपालिकाले आम नगरबासी समक्ष प्रस्तुत गर्नु पर्ने बताउनु भयो ।
माओबादी केन्द्रका मेचीनगर संयोजक पुष्प गुरागाईले नगरपालिका आफैंले नदिजन्य पदार्थ उठाएर बिक्रि गर्दा भ्रष्टचार हुने देखिएकाले आगामी दिनमा प्राविधिक काम समयमा नै सम्पन्न गरेर ठेक्का मार्फत नै नदिजन्य पदार्थ बिक्रि गर्ने काम गर्नु पर्ने बताउनु भयो ।
राप्रपाका मेचीनगर अध्यक्ष सबिना बजगाईले नदिजन्य पदार्थमा भएको भ्रष्टचारलाई नगरपालिका आर्फै लुकाउन लागि परेको आरोप लगाउनु भयो ।
जसपाका मेचीनगर अध्यक्ष ओम प्रकाश खापुङले नदिजन्य पदार्थमा उत्खनन र बिक्रिमा करोडौं भ्रष्टचार भएको तर नगरपालिकाले त्यो कुरा सार्वजनिक गर्न नसकिरहेको बताउनु भयो । खापुङले भन्नुभयो, ‘ढुंङ्गागिटिमा करोडौंको भ्रष्टचार भएको पुष्टी हुन्छ तर नगरपालिका अख्तियार देखाएर दोषीलाई बचाउन खोजीरहेको छ ।’
जसपाका अर्का नेता धनप्रसाद गुरुङ्गले नदिजन्य पदार्थमा भएको भ्रष्टचारको नगरपालिका आफैंले छानविन गरेर दोषीलाई कारबाही गर्नुको सट्टा अख्तियारमा पठाएर भ्रष्टचारीलाई बचाउने प्रयास गरेको बताउनु भयो ।
दलहरुका तर्फबाट काँग्रेस क्षेत्रीय सभापति मणिकुमार उप्रेतीले नगरप्रमुखलाई ज्ञापन पत्र बुझाउनु भएको थियो । ज्ञापन पत्र बुझाउनेक्रममा एमाले नेता डिल्लिराम घिमिरे, माओबादी केन्द्रका नेता प्रकाश भण्डारी, काँग्रेसका हस्त आङदम्बे, राप्रपाका नेता शुशिल आचार्य लगायतका नेताहरुको समेत सहभागिता रहेको थियो ।
ज्ञापन पत्र