कोभिड १९ को महामारीबाट विश्व आक्रान्त भई मानिसहरुको मानसिक अवस्था असहज भएको हालका दिनहरुमा अबको केही दिन पछाडिबाट खेलकुदमा रमाउने खेलप्रेमीहरुका लागि केही राहात हुनेछ । विशेष गरी विश्वमा सर्वाधिक लोकप्रिय खेल फुटबलको युरोपियन महादेश भित्रका राष्ट्रहरुको महाकुम्भ ‘युरोकप २०२०’ यहि जुन १२ तारिखदेखि युरोपका विभिन्न ११ वटा देशका शहरहरुमा शुरु हुदैछ । गत वर्ष नै सम्पन्न हुनुपर्ने यो संस्करण महामारीको कारणले एक वर्ष पछि धकेलिएको हो । विश्व फुटबलका महारथि मानिएका युरोप भित्रका देशहरुको सहभागिता रहने यो महाकुम्भमा यो संस्करणमा कुन कुन देशले सहभागिता जनाउदैछन र कुन कुन देशका कुन कुन शहरमा खेलहरु हुदैछन भन्ने चर्चा गर्ने प्रयास गरिदैछ आज ।
युरोपका २४ देशले छनौटका विभिन्न चरणहरु पार गर्दै युरोकप को १५ औं संस्करणमा सहभागिता जनाउदैछन । यी २४ वटा देशहरुलाई जम्मा ६ वटा समुहमा विभाजन गरिएको छ । जसअनुसार समूह ए मा युरोकप १९६८ को विजेता इटली, गत संस्करणको सेमिफानलिस्ट वेल्स सँगै स्विजरलेण्ड र टर्की रहेका छन । त्यस्तै समूह बि अन्तर्गत १९६० को विजेता रसिया, १९९२ को विजेता डेनमार्कका साथै वेल्जियम र फिनल्यान्ड रहेका छन ।
यसैगरी समूह सि भित्र नव प्रवेशि नर्थ मेकोडोनियाका साथमा अष्ट्रिया, युक्रेन र १९८८ को विजेता नेदरल्यान्ड रहेकाछन । हालसम्म पनि युरोकप जित्न नसकेको विश्व फुटबलको हस्ति मानिएको देश इङ्गलेण्ड सँग १९७६ को विजेता चेक गणतन्त्र का साथमा क्रोएसिया र स्कटल्याण्ड समुह डि अन्तर्गत रहेका छन । अनि समूह ई अन्तर्गत तीन पटक (१९६४,२००८, २०१२) को युरो विजेता स्पेन सँग पोल्याण्ड, स्लोभाकिया र स्विडेन रहेका छन । यसैगरी सर्वाधिक चर्चामा रहेको छ, समुह एफ । किनकि यश समुहमा युरोकपको तीन पटक (१९७२, १९८०, १९९६) को विजेता जर्मनी मात्र नभएर दुई पटक (१९८४ र २०००) को विजेता फ्रान्स र डिफेन्डिङ च्याम्पियन पेर्चुगलका साथमा हंगेरी रहेका छन ।
यसरी यी ६ समुहहरुका विचमा समूह चरणका खेलहरु यहि जेठ २८ गते (अङ्ग्रेजी मिति अनुसार १२ जुन) राति १२ः४५ बजेबाट उद्घाटन भइ सञ्चालन हुनेछन । यी समूह चरणका खेलहरुबाट प्रत्येक समुहका उत्कृष्ट २ टोलि र ६ वटै समूह मध्येबाट तेस्रो स्थानमा रहने उत्कृष्ट ४ टोलि गरि जम्मा १६ वटा राष्ट्र राउन्ड अफ ज्ञट मा जानेछन । त्यसपछि भने नकआउटका आधारमा खेलहरु खेलाइनेछन । जुन खेलहरु युरोकपको ६० वर्षे इतिहासमा पहिलो पटक युरोपका एघार वटा देशका विभिन्न ११ वटा शहरहरु सम्पन्न हुनेछन । इटलिको रोममा उद्घाटन खेल भइ शरु हुने यो संस्करणको फाईनल खेल इङ्गलेण्डको लण्डनमा हुनेछ । यसैगरि नेदरल्यान्डको एम्सटर्डन, अजरवैजानको बाकु, हङ्गेरीको बुडापेष्ट, डेनमार्कको कोपेनहेगन, स्कटल्याण्डको ग्ल्यास्गो, जर्मनीको म्युनिख, रसियाको सेन्ट पेटर्सवर्ग र स्पेनको सेभिल्या गरि जम्मा ११ वटा शहरहरुमा विभिन्न खेलहरु खेलाइदै असार २७ गते (अंग्रेजी मिति अनुसार जुलाइ १२ तारिक) फाईनल खेलसँगै युरोकप २०२० समाप्त हुनेछ ।