सजेश शिवाकोटी / बिर्तामोड ।
जतिबेला संसारभरका वैज्ञानिक कोरोनाको दोस्रो लहर ज्यादै खतरनाक हुनेछ भनेर चेतावनी दिँदैथिए । त्यही चेतावनी सुनेर अमेरिका, युरोप ,श्रीलंका, पाकिस्तान, बाङ्गलादेश लगायत धेरै देश युद्धस्तरमा तयारी गर्दै थिए । त्यसैबेला अर्थात फेब्रुअरी २१ तारिख २०२१ मा विश्व गुरु मोदीले मेरो नेतृत्वको भारत सरकारले कोरोना माथि विजय प्राप्त गर्यो भनेर ठूलो घमण्डका संसद भासण गरे। त्यही भाषणलाई आधार मानेर उनका चेला विश्वगुरु द्वितीय केपी शर्मा ओलीले अम्बाको पत्ता खादै हाच्छयू गर्दा कोरोना भाग्छ भनेर झन ठूलो घमण्डका साथ भाषण ठोके।
आज भारत र नेपालीमा जसरी महामरीले कहाली लाग्दो रुप लिएको यो त्यही भाषणको प्रतिफल हो । आजसम्म भारत र नेपालमा मात्र ३% ले मात्र खोप लाउन पाएका छन् । त्यसको जिम्मेवार को हो ? मोदी की ओली प्रश्न गम्भीर भएर दुबै देशका जनता सामु खडा भएको छ । हाम्रो सरकारले वैज्ञानिकको कुरा सुन्दै सुनेन, तयारी पनि गरेन। खोप किन्ने समयमा नै पैसा जम्मा गरेन नै जबर्जस्त आफ्नो इज्जत जोगाउने खेलमा मात्र लाग्दा महामारी देशभर फैलियो। आज गाउँगाउँमा महामारीको प्रकोप छ। सरकारकै कुरा मान्ने हो भने पनि आठ हजार मानिसको ज्यान गइसकेको छ ।
यो तथ्यांक पूर्ण छैन । सरकारी आकडा भन्दा धेरै मानिसको ज्यान गइसकेको छ। सरकारको कमजोर व्यवस्थापनले यो सब भएको हो । यसको जिम्मा कसले लिने ? सरकारले लिनु पर्छ कि पर्दैन । खोप बनेको र अनुमति पाएदेखि नै खोप किन्न भारत र नेपाल बाहेक धेरै देशले कोभ्याक्समा रकम जम्मा गरिसकेका थिए। जब कोरोना महामारीको दोस्रो लहर आउँदैछ भनेर विश्वले अस्पतालको तयारी गरिरहँदा र अन्य प्रबन्ध मिलाइरहँदा हाम्रा प्रधानमन्त्री राम मन्दिर बनाउन कुदैथिए। सँगै सरकार सबै आइसोलेसन सेन्टर बन्द गरेर मस्त आफ्नो गुनगान गाउन थालिसकेको थियो। विश्वका अरु देशले एक वर्ष अघि नै खोपको रकम जम्मा गरिसकेका थिए । हाम्रो सरकारले अहिले मात्र बजेट बिनियोजन गर्दैछ, त्यो पनि अपुग ।
वैज्ञानिक, स्वास्थ सल्लाहकारको कुरा नसुन्ने प्रधानमन्त्रीले महामारीले विकराल रुप लिँदा त्यसको जिम्मेवारी लिनु पर्छ कि पर्दैन ? नैतिकता भए लिनु पर्छ । देशबासीसँग माफी माग्नु पर्छ। आफू पनि नसक्ने र निजी क्षेत्रलाई पनि ल्याउन नदिनेले योजनाले एउटा शंका उत्पन्न भएको छ जनमानसमा। कतै सरकारले स्वास्थ सामाग्री बेच्नेको इसारा खोप रोकेको त होइन ! चीन सरकारले छ महिना अघि दिएको खोप किन आजसम्म नल्याएकोरु यसको उत्तर प्रधानमन्त्रीले दिनु पर्छ कि पर्दैन । नौ लाख जेष्ठ नागरिकलाई खोपको दोस्रो डोज लगाउने समय बितिसक्यो। नौलाख मानिसको ज्यान माथि खेलबाड गर्ने सरकारले राजिनामा दिनु पर्दैन ? दुई महिना अघिदेखि नै भारतमा अक्सिजन कमि भएर मानिसको ज्यान जान थालिसकेको थियो, जो सबैले जानेकै विषय हो ।
नेपाललाई अक्सिजन प्लान्टको व्यवस्था गर्ने प्रसस्त समय थियो तर सरकारले त्यो काम गर्दैगरेन । आज अक्सिजन अभावमा मानिसको ज्यान जादैछ। सरकार जिम्मावारीबाट पन्छिएको छ । आज पनि झापामा पनि अक्सिजन सिलिन्डरको अभाव छ। सरकार मौन छ। जनता पैसा उठाएर सिलिन्डर किने सहयोग गर्दैछन् । चीनबाट अनुदान दिएको २० हजार सिलिन्डर ल्याउन सरकारलाई कसले रोक्यो ? नेपालमा बढी मूल्य हालेर किन्ने हो भने अधिकांश कुरा किन्न पाइन्छ। ४५ हजारको औषधी ६ लाखमा किन्ने हो भने पाइन्छ। तर सरकार स्वस्थ्य सामाग्री किन्न खोज्दा पाउदैन। कतै सरकारका नजिकका मानिसहरु नै स्वास्थ सामाग्री बेचिरहेका त छैनन्, आशंका व्याप्त छ । जनताले शंका गर्न थालिसकेका छन् । यी सब कुराले लोकतन्त्र कमजोर पार्ने काम गर्दैछ।
यतिन्जेल जे भयो , भयो। सरकारसँग अझै मौका छ। सरकारले यी सात काम बेलैमा गरे समस्या समाधान हुन्छ ।
१] देशलाई एक ठाउँमा ल्याउ।
२] सरकारले एक्लै खोप ल्याउन सक्दैन, यो कुरा मान्न तयार हौं ।
३] तेह्रलाख जेष्ठ नागरिकका लागि दोस्रो डोजको व्यवस्था गर्न निजी क्षेत्रको सहयोग माग ।
४] झुठ बोल्न कम गर ।
५] कोरोना फैलन सक्ने सम्भावित ठाउँ बन्द गर।
६] निजे क्षेत्रलाई खोपल्याउन खुल्ला गर।
७] कोरोना बारे स्वस्थ्यकर्मी र वैज्ञानिकको कुरा मान ।
यी कुरा नमान्ने र आफ्नै लहड बरालिने हो भने कोरोनाले कति नागरिकले ज्यान घुमाउनु पर्छ, जो कसैले भन्न सक्दैन । सरकारको यस्तै चाला हो भने हुँदा खाने वर्ग कोरोनाले मात्रै होइन खान नपाएर मृत्यु स्वीकार्न बाध्य हुनेछ । सरकार सोच्न ढिला नगर्नु नै बेस हुनेछ ।
[लेखक, नेपाल तरुण दल झापाका सह सचिव हुन ]