झापा, जेठ १३ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जनता सेतो कात्रोले बेरिइरहेको अत्यासलाग्दो अवस्थामा रातो झण्डा बोकेर भोट माग्न जाने कुराको विपक्षमा पार्टी रहेको बताउनु भएको छ । स्थापना दिवसको अवसर पारेर नेपाल प्रेस युनियन केन्द्रीय समितिले जुम मार्फत बिहीबार सम्पन्न भरेको कार्यक्रममा बोल्दै शर्माले सत्ताको लडाइँमा कांग्रेस नरहेको स्पष्ट समेत पार्नु भयो । वहाँले कांग्रेसले संवैधानिक प्रावधानलाई टेकेर प्रधानमन्त्रीको दाबी गरेको बताउनु भयो । …संसदीय व्यवस्थालाई जोगाउन संविधानमा भएको अधिकारलाई टेकेर कांग्रेसले प्रधानमन्त्रीमा दाबी गरेर कर्तव्य निर्वाह गरेको होÚ प्रवक्ता शर्माले भन्नुभयो, …सरकारले संविधानको व्यवस्था र संसदीय मर्यादा विपरीत कदम चालेकोके पार्टीले प्रधानमन्त्रीको दाबी गरेको हो ।Ú वहाँले प्रधानमन्त्री केपी ओलीप्रति व्याङ्य गर्दै कविता लेखेर होइन काम गरेर देखाउन चुनौती दिनु भयो ।
प्रधानमन्त्रीले गरेको संसद विघटनको सिफारिस अध्ययन नै नगरी स्वीकृत गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक काम गरेको जिकिर गर्नु भयो । प्रधानमन्त्री ओली सत्ता टिकाउने ध्याउन्नमा लागेको शर्माको टिप्पणी थियो । कुनै विधि र प्रक्रियाको प्रयोग नै नगरी बहुमत संसद सदस्यको निवेदनमा दाबी पुगेन भन्नू राष्ट्रपति विद्यादेवी भण्डारीको गम्भीर गल्ती भएको प्रवक्ता शर्माको भनाइ छ ।
कोरोनालाई परास्त गर्न सरकारले के गर्यो भनेर प्रधानमन्त्रीलाई प्रश्न गर्नु भएका शर्माले सरकारलाई चिन्न झण्डा र दस्तावेज होइन काम हेर्नु पर्ने बताउनु भयो । सरकार कसैको जीवनप्रति गम्भीर नभएको दाबी गर्नु भएका शर्माले केपी ओली नेतृत्वको सरकारलाई जनताले स्पष्ट चिनेको बताउनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल,प्रेस संगठनका अध्यक्ष महेश्वर दाहाल , प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, युनियनका अध्यक्ष बद्री सिग्देल, महासचिव अजयबाबु शिवाकोटी, कोषाध्यक्ष सरोज अधिकारी लगायतले बोलेका थिए । कोरोनाले अहिलेसम्म १५ जना नेपाली पत्रकारले ज्यान गुमाएको, एक सयजना गम्भीर रहेको,दुई सयजना सक्रिय संक्रमित र सात सयजना संक्रमित रहेको भन्दै चिन्ता व्यक्त गरिएको कार्यक्रममा पत्रकारको उपचार व्यवस्था मिलाउन सरकारसँग माग गरियो ।
युनियनको १० लाखको उपचार कोष
स्थापना दिवसको अवसर पारेर युनियनले १० लाखको स्वास्थ्य उपचार कोषको स्थापना गरेको छ । कोरोना संक्रमित पत्रकारको उपचारमा सहयोग गर्ने उद्देश्यले सो कोष स्थापन गरिएको हो । जसमा केन्द्रीय समिति र ७७ वटै जिल्ला समितिले रकम जम्मा गर्ने प्रावधान राखिएको छ । युनियनले कोरोना संक्रमित सबै पत्रकारको उपचार गर्न र आर्थिक सहयोग उपलब्ध गराउन माग गरेको छ । युनियनले प्रेस विरोधी कानुनहरु खारेज गरी स्वतन्त्र प्रेसको अस्तित्वलाई स्वीकार्न सरकारसँग माग पनि गरेको छ ।