बिर्तामोड,जेठ ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले चालेका पछिल्ला कदमका बिरुद्ध झापामा ९ दलले आन्दोलन गर्ने भएका छन । प्रधानमन्त्री ओलीको गृह जिल्लामा ओली नेतृत्वको नेकपा एमाले बाहेकका अन्य दलहरु ओली बिरुद्ध एक ठाउँमा उभिएका हुन ।
नेपाली कांग्रेसको पहलमा आज झापाको बिर्तामोडमा बसेको दलहरुको बैठकले ओली बिरुद्ध संयुक्त आन्दोलन गर्ने निर्णय गरेका छन । नेपाली काँग्रेस, नेकपा माओबादी केन्द्र, माधव नेपाल पक्षीय एमाले, जनता समाजवादी पार्टीको बाबुराम उपेन्द्र पक्ष, बहुल राष्ट्रिय मोर्चा, संघीय लिम्बुवान मञ्च नेपाल, विवेकशील साझा पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय तथा जिल्ला नेताहरु सहभागी बैठकले ओलीका असंवैधानिक कदमका बिरुद्ध संयुक्त आन्दोलन गर्ने निर्णय भएको काँग्रेस झापाका सभापति उद्धब थापाले बताउनु भयो ।
बैठकमा सहभागि माओवादी केन्द्रकी नेतृ धर्मशिला चापागाईले दोस्रो पटकको संसद् विघटन पुस ५ को भन्दा डरलाग्दो भएको दाबी गर्नु भयो । ओलीले मुलुकमा रहेका दलहरुको राजनीतिक धरातल नै समाप्त हुने गरी कदमहरु चालेको चापागाइको टिप्पणी थियो ।
ओलीको असंवैधानिक कदमविरुद्ध राजनीतिक दल र आम नागरिक सबै एकजुट भएर संघर्षमा जानुपर्ने नेकपा एमाले माधव नेपाल पक्षीय नेता रविन कोइरालाले बताउनु भयो । जनता मृत्युको शैय्यामा भएको बेला असंवैधानिक कदममार्फत चुनावको घोषणा गर्नु ओलीको नक्कली कुरा भएको कोइरालाले बतउनु भया ।
कोरोनाको महामारीलाई समेत ध्यान दिएर आन्दोलनका कार्यक्रम तय गर्ने सबै दलहर बिच साझा सहमति भएको छलफलमा सहभागि दलहरुले बताएका छन ।