राधा खनाल / झापा ।
ताप्लेजुङ्ग जिल्लाको फुग्लिङ्ग बजारबाट करिब २० किलोमिटरको दुरीमा रहेको दोभानकी अनिता लिम्बु उमेरले १९ बर्ष लागिन् । १८ बर्षको उमेरमै उनको बिहे भयो । बिहे भएको केही महिनामै उनका श्रिमान् बैदेशिक रोजगारमा गए । उनि अहिले माइतमै बसेर अध्ययनरत छिन् । पढाईमा अब्बल आउने उनलाई छिटो बच्चा जन्माउने रहर थिएन । घर र श्रिमान्सँगको सल्लाहपछि सुरक्षित गर्भपतन गराउने कुरा टुङ्गो लाग्यो ।
कोरोनाको ग्राफ बढ्दै गएको कारणले देशभर लकडाउन थियो । ताप्लेजुङ्ग जिल्ला अस्पतालसम्म जाने साधन पनि उपलब्ध नभएका कारण अन्ततःउनले बच्चा जन्माउने निर्णयमा पुगिन् । अब अनितालाई एउटै तनाब छ पढ्न पाउँदिन की भन्ने ।
जिल्ला स्वास्थ्यकार्यालय ताप्लेजुङ्गकी कार्यक्रम संयोजक प्रतिमा खरेल भन्छिन्, ‘जिल्लामा सुरक्षित गर्भपतन गराउने अरु कुनै ठाउँ छैन । ताप्लेजुङ्गको सदरमुकाम आइपुग्न ३ दिन लाग्ने ठाउँ पनि छन् ।
प्रतिमाका अनुसार कोरोना कहरका कारण यो आर्थिक बर्षमा महिलाहरु सेवालिन आइपुगेका छैनन् । सुरक्षित गर्भपतन गराउने सेवाबन्द त गराएको छैन । तर गत आर्थिक बर्षमा जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार ३ सय ७३ जनाले सुरक्षित गर्भपतन गराउने सेवा लिएका छन् । खरेलका अनुसार यो तथ्यांक अन्य सामान्य समयमा भन्दा करिब ५० प्रतिशत कम हो ।
प्रतिमा भन्छिन्, ‘लकडाउनका कारण अनिच्छित गर्भहरु जन्मिने भए । यसले गर्दा कलिलै उमेरमा युवतिहरु आमा बन्ने गर्दा अर्को असुरक्षा बढेको छ ।
अर्कोतिर लुकिछिपि भएका सम्बन्धमा गर्भ रहेमा लापरबाही तरिकारले नजिकैका मेडिकल पसलबाट औषधी खाएर असुरक्षित गर्भपतन गरेको देखिन्छ । यसले पनि महिलाको स्वास्थ्य झनै खतरामा रहन्छ ।
इलाम सन्दकपुरकी सोनमलामा २८ बर्षकी भईन् । उनका २ सन्तान जन्मिसकेका छन् । अब बच्चा नजन्माउने सोचेर उनि र उनका श्रिमान्को सल्लाहबमोजिम अस्थायी साधन पिल्स खाँदै गरेकी उनको पिल्स खान छाडेको दिनमै गर्भ रहन गयो ।
तर उनलाई हेक्का भएन । गर्भ रहेको १ महिना पछि थाहा भयो । अन्ततः सुरक्षित गर्भपतन गराउने श्रिमान् र श्रिमतीको सल्लाह भयो । सल्लाह हुँदा हुँदै कोरोना महामारी बढ्दै गएपछि अब यो समयमा अस्पताल जान झनै डर हुने भएकाले बच्चा जन्माउने उनिहरुले सल्लाह गरेका छन् ।
झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर ४ की २५ बर्षिय सानु लिम्बुको पनि अवस्था त्यस्तै छ । उनको एउटा छोरा छन् । अब उनि बच्चा नजन्माउने सोचमा थिइन् । तर गर्भ नचाहदा नचाहदै बस्न गयो ।
बढ्दो कोरोना र लकडाउनका कारणउनले बच्चा जन्माउने भइन् । उनिआपैmँ पनि अस्वस्थ भएका कारण बच्चा नजन्माउने निर्णमा पुगेकी थिईन् ।
उनि भन्छिन्, ‘प्लान नगरी बसेको गर्भ हो । सुरक्षित गर्भपतन गराउन चाहान्थे । कोरोनाका कारण घरबाट निस्किने आँट गर्नै सकिन ।’ अब उनको एउटै गुनासो छ । बच्चा स्याहार्न सक्छु सक्दीन ।
जिल्ला स्वास्थ्यकार्यालय झापाका कार्यक्रम संयोजक जिवन चम्लागाई भन्छन्, ‘कोरोनाका कारण डरै डरले पनि सुरक्षित गर्भपतन गराउन जानेको संख्या स्वतःकम भएको छ । झापाको तथ्यांक हेर्दा यो बर्ष सिङ्गो समुह नै कोरोनाको रेखदेखमा लागेको हुनाले सबै ठाउँको तथ्यांक आइपुगेको छैन ।’
प्रदेश नम्बर १ मा ०७६÷७७आ ब मा सबैभन्दा धेरै सुरक्षित गर्भपतन गराउने जिल्ला सुनसरी देखिएको छ । त्यसो त ०७५÷७६ मा पनि सुनसरीनै देखिएको थियो ।
सबै भन्दाकम सुरक्षित गर्भपतन गराउने जिल्ला भने ओखलढुंगा देखिएको प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालय अन्र्तगतको स्वास्थ्य कार्यालयकी जनस्वास्थ्य अधिकृत ओम कुमारी राजबंशीले जानकारी दिइन् । उनका अनुसार चालु आर्थिक बर्षको तथ्यांकभने आइपुगेको छैन ।
अधिकृत ओम कुमारीका अनुसार ०७६÷७७आ.ब मा प्रदेश १ मा १५ हजार ९ सय ५७ जनाले सुरक्षित गर्भपतन गराएकाछन् । त्यस मध्येमा मेडिकलका माध्यमबाट ११ हजार ३ सय ५० र सर्जरीका माध्यमबाट ४ हजार ६ सय ७ जनाले सुरक्षित गर्भपतन गराएका छन् ।
राजबंशी भन्छिन्, ‘समग्रमा हेर्दा पहाडी जिल्लाहरु र तराईका पनि दुर्गम जिल्लाहरुमा सुरक्षित गर्भपतन गराउनेको संख्या अतिकम छ ।’ पहाडी जिल्ला सोलुखुम्बुमा १ सय ६८ जनाले र भोजपुरमा १ सय ५८ जनाले सुरक्षित गर्भपतन गराएका छन् । उत्तिकै जनघनत्व रहेको इलाममा १७ सय ३१ र तेह््रथुममा ७ सय २९ जनाले सुरक्षित गर्भपतन गराएका छन् ।
कोराना महामारी आए सँगै गतबर्ष बैशाख महिना देखीनै सुरक्षित गर्भपतन गराउने संख्या पहाडी जिल्लामा एकदमै घटेको छ । बाक्लो बस्ती भएका पहाडी जिल्लामामात्र साधनको पहुँचमा अस्पताल सम्म पुगेका छन् ।
राजबंशी भन्छिन्, ‘कोरोनाको डरै डरले एउटै बच्चा त थपिने हो नि भन्ने हिसाबले जस्तोसुकै चुनौति बेहोरेर आपैmँलाई धरापमा राखेर पनि महिलाहरुले अनिच्छित गर्भ धारण गरेका छन् ।’
स्वास्थ्य शाखाका अनुसार कोरोनाका कारण प्रदेशभर मुख्य कुरा जनशक्ति अभाव छ । सबै जनशक्ति कोरोना तिर लागेको छ । यतिसम्मकी तथ्यांक संकलनमा समेत ध्यान दिन नसकेको स्वीकारोक्ति शाखा अधिकृत राजबंशी बताउँछिन् ।
राजबंशीका अनुसार प्रदेशका पहाडी जिल्लाका जिल्ला अस्पतालमा मात्र सुरक्षित गर्भपतन सेवा बन्द नगराए पनि कोरोनाको उपचारका लागि पनि तिनै अस्पताल प्रयोग गरिकाले महिलाहरु उक्त सेवा लिन पुगेका छैनन् ।
तराईका जिल्लामा पनि अधिकांश प्राथमिक स्वास्थ्य केन्द्र देखि अस्पताल सम्म कोरोना उपचारका लागि छुट्याइएकाले कोरोनाको डरले महिलाहरु पुग्ने गरेका छैनन् । महिलाहरु सुरक्षित गर्भपतन गराउनै नगएरै होला तथ्यांक पनि कतिपय जिल्लाको शुन्य छ ।
अधिकृत राजबंशीका अनुसार भारत सँग सीमा जोडिएका जिल्लाहरुको भने अर्को समस्या छ । सीमाआसपासकाहरु अनिच्छितगर्भ बसेका महिलाहरु तथा अविवाहित युवतीहरु परिवार र समाजले थाहा पाउला भन्ने डरले भारतमा गएर महँगो पैसा तिरेर गर्भपतन गराउने गर्छन् । उमेर नपुगेका किशोरीहरु अथवा लुकिछिपि सम्बन्ध राख्नेहरुले त्यसरी असुरक्षित गर्भपतन गराउने गर्छन् । सुरक्षित गर्भपतन पूर्णरुपमा व्यक्तिको गोपनियतालाई ध्यानमा राखेर गरिन्छ भन्ने जानकारीको अभावले पनि भारतमा पुग्ने गरेको हुन सक्ने राजबंशीले बताईन् ।