सन्दीप चापागाँई/मेचीनगर २ झापा ।
आजकाल सामाजिक सञ्जाल, पत्रपत्रीकाका सम्पादकिय र विचारहरू, चोक चौतारीका चिया गफहरूतिर हेर्नु र सुन्नुपर्दछ, त्यहाँ हामी धेरै दार्शनिक, राजनितिज्ञ, कलाकार, खेलाडि र पत्रकारहरू भेट्टाउँछौ । अरूलाई गालि गरिएका पोष्टहरू, टिप्पणिहरू, विचारहरू भेट्टाउन सक्छौं । यथार्थमा ति लेखकहरू, गफाडिहरू वा सामाजिक सञ्जालमा दार्शनिक विचार छाँट्नेहरूको वास्तविक जीवन तिनिहरूको विचारधारासँग कत्तीको तालमेल गरिरहेको छ, सोचनिय हुन्छ । आफ्नो जिवनशैली एकातिर र गफ अर्कैतिर भइरहेको पाइन्छ । सामाजिक सञ्जाल, चिया गफ लगायतका थलोहरूले मानिसभित्र भएका भावनाहरूलाई सार्वजानिक गर्न मद्दत गरिरहेका हुन्छन । अझ हालको समयमा त अरूभन्दा पनि सामाजिक सञ्जाल र अनलाइन पत्रीकाहरू पनि विचार अभिव्यक्तिको सशक्त माध्यम बनेका छन । पुरानो समयमा र अद्यापि कायम रहिरहेका चियापसल, चौतारी, सार्वजानिक स्थानहरू आदि जहाँ मानिसहरूको कुनै खास प्रयोजनबिना बाक्लो जमघट हुन्छ, त्यहाँ मानिसहरूले आफ्ना विचार अभिव्यक्त गरिरहेका हुन्छन । यस्ता ठाउँमा प्रस्तुत गरिएका मानिसहरूको विचारहरूलाई सकारात्मक र नकारात्मक गरी छुटयाउने हो भने ७५५ भन्दा बढी विचारहरू नकारात्मकताले भरिपूर्ण र केवल आदर्श छाँट्ने र अरूलाई मात्र समस्याको जड देख्ने प्रवृत्ती पाइन्छ । म भएको भए यसो गर्थेँ, उसो गर्थें भन्ने भाव पाइन्छ । सबै समस्याको जड मानिसले ऊ बाहेक संसारमा अरूलाई देखिरहेको पाइन्छ । मानिसले समस्याको समाधान यसरी प्रस्तुत गरिरहेको पाइन्छ कि मानौं ऊसँग जादूको छडि छ र उसलाई समस्या समाधान गर्न दिने हो भने छु मन्तर गरिदिनेछ र हर समस्या समाधान हुनेछ । व्यक्ती कहिल्यै आफूतिर फर्कंदैन र समस्या आफूमा चाँहि देख्दो रहेनछ । केवल समस्याको जड अरू हुन भन्ने भ्रमात्मक मनोवृत्ती पालिरहन्छ ।
यसरी आफूबाहेक सारा विश्वमा समस्या देख्नेमा नपढेका मानिसहरू बरू कम होलान तर कथित शिक्षित भनाउँदाहरूको नै ठूलो समूह रहेको पाइन्छ । यो समुह फेरि यस्तो सर्वविज्ञ हुन्छ कि उसलाई थाहा नभएको र उसले नजानेको कुरा केहि हुँदैन । गाउँको मन्दिरदेखी अमेरिकाको ह्वाइट हाउससम्मको समस्या, छेवैको स्कूलको पढाइको गुणस्तरदेखि, बजेटमा के कुरा छुट्यो सम्मको वृत्तान्त, इजरायलले ठिक गर्यो कि प्यालेस्टाइनले, कोरोना भ्रम कि यथार्थ, कसले कुन ल्याबमा किन, कसरी र कहिले भाइरस बनायो यो समूहलाई सबै थाहा हुन्छ । हुनत आफ्नो वरिपरिको घटना र समसामयिक विश्वसँग मानिसले परिचित हुनैपर्छ तर जुनसुकै कुरामा पनि आफ्नो दृष्टिकोणबाट मात्र हेर्दा कहिलेकाँहि वास्तविक सत्य नदेखीन सक्छ । समाजमा प्रतिष्ठित र शिक्षितहरू नै यसरी अरूमाथी दोष थोपर्ने प्रवृत्तीमा रमाइरहेको देख्दा निश्पक्ष दृष्टिले हेर्ने मानिसलाई कति अचम्म लाग्दो हो । हुनत केहि समय अगाडि एउटा व्यङ्गात्मक लेखमा कतै पढेको थिएँ ू नेपालमा सरकारले राखेका शिक्षाका लक्ष्य तथा उद्देश्यहरू राम्ररी पूरा भएका छन, किनभने यहाँको शिक्षाले नै काम नगर्ने र गर्नेमाथि दोष थोपर्ने, भुत्ते, घोकन्दास र गफ मात्र हाँक्ने नागरिक तयार गर्ने लक्ष्य राखेको छ । वास्तविकतामा हेर्यो भने पनि कताकता त्यहि चरितार्थ भएको हो झैँ लाग्दछ ।
व्यक्तिले कहिल्यै पनि समस्या सृजना हुनुको वरिपरि आफूलाई नखोज्ने समस्या दिन प्रतिदिन झाँगिदै गएको देखिन्छ । ति मानिसहरूले कुनै एउटा महापुरूष, युगपुरूष, अवतारी, चमत्कारी व्यक्तीको खोजि गर्दोरहेछ । हुनत हाम्रा इतिहासहरू पनि यस्तै कथाहरूले भरिपूर्ण छन । रावणको अत्याचार अन्त्य गर्न रामको रूपमा र कंशको अत्याचार अन्त्य गर्न कृष्णको रूपमा स्वयं भगवानले नै अवतार लिनुपरेको पौराणिक इतिहास छ । यस्तै कथाहरू सुन्दै आएका हामीमा पनि त्यस्तै आशा हुँदोरहेछ । मैले एक्लै गरेर के हुन्छ र ? भन्ने प्रवृत्ती पनि हावि भएको देखीन्छ । वास्तवमा यो समाज, राष्ट्र र समस्त विश्व नै यस्तै ुमु हरूकै योगफल न हो । प्रत्येक ुमु हरूले आफ्नो गाउँठाउँ र समाजमा भएका समस्याहरूप्रति निरपेक्ष दृष्टि राखी समस्या सृजना हुनुमा आफ्नो भूमिका कति र समाधानमा पनि मेरो भूमिका केरु भनि खोजी गर्नु हो भने पक्कै पनि हाम्रो समाज सकारात्मकतातर्फ, विकासतर्फ, इमान्दारितातर्फ र अन्ततोगत्वा सामूहिक प्रगतितर्फ लम्कने थियो ।
‘म’ हरूको प्रवृत्तीबारे एक दुइओटा उदाहरण हेरौं । एउटा शिक्षक हुन्छ, दस बजे देखि चार बजेसम्मको समयभित्रै राजनिति गरिरहेको हुन्छ, जग्गा दलाली गरिरहेको हुन्छ, अतिरिक्त समयमा विद्यालयमा उसको कार्य के हो भन्ने कुरा भूल्दछ । अनि बाहिर आएर गफ दिन्छ, शिक्षा निति खराब, तलब कम भयो, हेडसरले पेलेको, आदि आदि ‘‘‘।। । अर्को पत्रकार, आफ्नो मिडियामा जहिल्यै नेतालाई घाँटिको नसा चुँडिने गरि गाली मात्र गर्दछ । सकारात्मक समाचार प्रसारण गर्दैन, तस्करहरूसँग बार्गेनिङ् गर्छ, माफियासँग बार्गेनिङ् गर्छ, राजनितिज्ञको गोटि बन्दछ । अनि गुनासो गर्छ, पत्रकारिता उपेक्षित भयो, इज्जत भएन, तलबले घर धान्न पुग्दैन ‘‘‘‘।।। अर्को निजामति कर्मचारी, मालदार अड्डा, राजश्व, भन्सार, यातायातमा सरूवा हुनको लागी राजनितिज्ञ र हाकिमको ज्यू हजुरिमा लागिपर्छ । जनतालाई नियमित सेवाप्रवाह गर्नुपर्ने ठाउँमा नपुग्दा केहि गुनासो छैन तर मन्त्री , नेता, हाकिमको अगाडिरपछाडि छुट्नु भएन । अनि उहि गुनासो गर्छ, राज्यको निति पुरानो, विदेशमा भए यस्तो हुन्थ्यो उस्तो हुन्थ्यो , तलब कम छ ‘‘‘‘‘ ।
अन्त्यमा प्रत्येक ‘म’हरू मिलेर नै समाज बन्ने भएकाले यस्ता बहुसंख्यक ‘म’ हरूले चुनावको बेला नेतापनि आफ्नै मानसिकता बमोजिमकै अथवा भनौं त्यस्तै कुनै ‘म’ चुनावमा उठ्छ र उसले जित्छ पनि किनकि उसलाइ थाहा हुन्छ ‘म’ हरूको भोट कसरी प्राप्त गर्न सकिन्छ । ति ‘म’ मध्येकै कलाकार, पत्रकार, राजनितिज्ञ, किसान , उद्योगपति, शिक्षक आदि बन्दछन र समाजका बहुसङ्ख्यक ‘म’ हरूको दर्शन नै तत्कालिन परिवेश निर्धारणको कारक हुन्छ भन्ने ख्याल गरि प्रत्येक ‘म’ हरूले अरूतिर मात्र औंला ठड्याउनुभन्दा आफैंतिर पहिला औंला तेर्साएर सुधार्न सके अरूमाथी औंला ठड्याउनुको तुक हुनेथियो । नत्र गोबर कमिलो र चिनि कमिलाको कथामा पढेजस्तै आफ्नै नाकका पोरामा गोबर दलिएको छ भने अरूको चिनिको बास्ना र गोबरको गन्ध छुट्याउन नसकिने कुरा चरितार्थ हुन्छ । यस्तो प्रवृत्तीद्वारा अरूको गोबरको गन्ध नै आईरहेको छ भनेपनि औंल्याउन नैतिक रूपमा सामर्थ्य राखिँदैन । समाज परिवर्तन गर्न आफूपनि परिवर्तन हुनुपर्छ । प्रत्येक ‘म’ हरू सचेत बन्ने, समाजमा आफ्नो भुमिकालाई प्रभावकारी बनाउने, कसैको हुनमान नबनिकन आग्रह पूर्वाग्रह नराखी आफ्नो ब्रह्म र विवेकले देखेको धारणा राख्ने र तत् बमोजिम आचरण मात्र गर्न हो भने पनि समाजबाट नकारात्मकताको जड नष्ट भएर जाने कुरामा दुइमत हुन सक्दैन । अत्यथा बहुसङ्ख्यक ‘म’ हरूलाई आफ्नो समाजमात्र होइन सभ्यतालाई नै पतन गराउनबाट कसैले रोक्न सक्दैन । अस्तुः