राधा खनाल, झापा
भmापा कचनकवल गाउँपालिका वडा नम्बर ६ कि कश्मिरा बेगमले ३ महिनामा छोरी भन्ने थापा पाएपछि गर्भपतन गराएकी छन् । उनको काखमा ९ महिना पुरा भएकी छोरी छन् । यो भन्दा अगाडी पनि उनको २ बर्षकी छोरी छन् । अब उनलाई छोरा पाउनै पर्ने सामाजिक बाध्यतानै छ ।
कश्मिरा भन्छिन्, ‘छोरा छ कि भन्ने लागेर छिटै जन्माउने भनेर तयारी गरेका थियौँ । छोरी रैछ, छोरी हाम्रो पहिलानै २ जना भइसक्यो । अब छोरी बस्यो भने नजन्माउने, छोरा रैछ भने मात्रजन्माउने हो ।’
कश्मिराको उमेर भर्खर २२ बर्षको छ । यो बिचमा दुइवटा बच्चा जन्मिसकेका छन् । अब उनलाई छोरा जन्माउनै पर्ने दबाबमा छोरा भएन भने कति गर्भपतन गराउनु गर्नु पर्ने हो थाहा छैन । कश्मिरा भन्छिन्, ‘हाम्रो समाजमा हाम्रो आमाहरुले छोरा जन्माउनको लागि ९, १० जना छोरी मात्रै भए पनि जन्माई राख्नुपथ्र्यो । हामीलाई त्यति धेरै जन्माउनु पर्दैन ।’
दोस्रो छोरी जन्मदा पनि उनि र उनका श्रिमान्ले गर्भपतन गराउनका लागि आफ्नै वडाकी स्वास्थ्य स्वयं सेविका सँग सरसल्लाह मागेका थिए । स्वास्थ्य स्वयं सेविकाले ‘कलिलो उमेर छ अहिलेनै गर्भपतन नगराउनु भनेर स्वास्थ्य स्वयं सेविकाले आइरन चक्की र क्याल्सियम खान दिएर पठाउनु भयो । उहाँकै सल्लाह बमोजिम गर्भपतन गराएनौँ । फेरी अर्को पनि छोरी बसेपछि गर्भपतन गराएका हौँ ’
तेस्रो गर्भपतन गराए पछि भने कश्मिरा र उनका श्रिमान्को सल्लाह बमोजिम कश्मिराले अस्थाई साधन कबड्डी प्रयोग गरेकी छन् । उनि भन्छिन्, ‘अब केहीबर्ष बच्चा नजन्माउने सोचेका छौँ । अनि सल्लाह गरेर छोरानै जन्माउने हो । नत्र परिवारमा हेला भइन्छ ।’
झापाकै भद्रपुर नगरपालिका वडा नम्बर १० कि सबिना हस्दा भर्खरै २१ बर्ष लागीन् । २२ बर्षको उमेर सम्ममा उनले ३ छोरी जन्माई सकेकी छन् । त्यसपछि पनि उनले २ पटक छोरी नै भएका कारण नजिकैको मेरी स्टोप सेन्टरमा गएर गर्भपतन गराएकी छन् । उनको पनि कश्मिराको जस्तै सोच छ । छोरी जन्मिदा फेरी परिवारमा हेला भइएला भन्ने डरले त्यसो गरेकी हुँ ।
पछिल्ला दिनमा भने दिनानु दिन कमजोरी बन्दै गएपछि उनले नजिकैकी स्वास्थ्य स्वंय सेविका चन्द्रकला दाहालको सम्पर्कमा उनि पुगिन् । दाहाल समक्ष पुग्दा उनको स्वास्थ्य अवस्था एकदम नाजुक भएको दाहाल बताउँछिन्, शरिरमा कुनै शक्तिनै देखिन्थेन । दाहालले उनलाई आईरन क्याल्सियम दिनुका साथै अब अस्थायी साधन प्रयोग गर्न पनि सुझाएको बताईन् । दाहाल भन्छिन्, ‘छोरा नै चाहिन्छ भन्ने मानसिकता हाम्रो समाजमा अभैm अदृश्य रुपमा लुकेर बसेको छ ।’
त्यसोत २०७६ सालको झापाको तथ्यांक हेर्दा २० बर्ष भन्दा मुनिका २ सय १६ जनाले स्वास्थ्यकर्मी र मेडिकलको माध्यमबाट सुरक्षित गर्भपतन गराएको पाईएको छ भने । २ सय ५२ जनाले सर्जिकलको माध्यमबाट गर्भपतन गराउँदै आएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका कार्यक्रम संयोजक जीवन चम्लागाईले जानकारी दिएकाछन् ।
त्यसैगरी २० बर्ष उमेर माथिका भने १९ सय ५० जनाले मेडिकलको माध्यमबाट र १३ सय ४७ जनाले सर्जिकलको माध्यमबाट सुरक्षित गर्भपतन गराएको चम्लागाईले जानकारी दिएकाछन् । यसैगरी चालु आर्थिक बर्षमा भने यो २० बर्ष भन्दा मुनिका २२ जनाले मेडिकल र २१ जनाले सर्जिकलका माध्यमबाट सुरक्षित गर्भपतन गराएका छन् । २० बर्ष भन्दा माथिका भने ८ सय ८९ जना मेडिकल र ११ सय २५ जनाले सर्जिकल सेवाबाट सुरक्षित गर्भपतन गराएका छन् ।
कार्यक्रम संयोजक चम्लागाईका अनुसार यो आर्थिक बर्षमा कोरोनाका कारण पनि कत्तिलाई होस् अब यस्तो बेलाकहाँ सुरक्षित गर्भपतन गराउनु ? भन्ने लागेर पनि नजिकैका स्वास्थ्य संस्थाहरुमा जान डराएकाछन् । त्यसैले गतआर्थिक बर्ष भन्दा यो बर्ष उक्त संख्या घटेको हो ।
भmापामात्र नभई प्रदेश १ का अधिकांश मुस्लिम समुदायमा छोरा जन्माउनकै लागि गर्भमा आएका छोरी भन्ने थाहा भएपछि गर्भपतन गर्ने गरिन्छ । त्यसोत मुस्लिम समुदायमात्र नभई अन्य समुदायमा पनि छोरानै चाहिने एक खालको दबाब महिलाहरुमा छ । मुस्लिम समुदायमा भने पहिले जस्तो अभैm दबाब कम हुँदै गएको मुस्लिम समुदायका अगुवा झापा कचनकवलकै सलिम मोहम्बद भन्छन् ।
सलिम भन्छन्, ‘कहाँ यस्तो थियो र एउटी महिलाले १२ जना सम्म बच्चा जन्माएका छन् । अल्लाहले सम्हाल्छन् भन्दै जति बच्चा पनि जन्माउने प्रचलनथियो । त्यसमाथि झन छोरी मात्रभयो भने त छोरा नजन्माउदा सम्म बच्चा पाइराख्नु पथ्र्यो । त्यो समयमा कसले महिलाको स्वास्थ्य बिग्रेला भन्ने सोच्ने । अहिले त हाम्रो समाजमा एकथरी समुह छ जसलाई अनिबार्य छोरानै चाहिने चलन छ । एउटा श्रीमतिबाटजन्मेन भने बरु अर्कि ल्याएर भए पनि छोरा जन्माउनै पर्ने प्रचलन छ ।’