विश्वव्यापी कोरोना महामारीका कारण विद्यालयको चालू शैक्षिक सत्र २०७८ जेठ सम्म कायम गरिएको छ । विद्यार्थीहरु विद्यालयमा भौतिक रुपमा उपस्थित भएर हुने पठनपाठन वैसाखदेखी बन्द गरिएको छ । विद्यालयको बार्षिक परीक्षा हुन सकेको छैन । अघिल्लो बर्ष समेत कोरोना संक्रमण जोखिमले गर्दा विद्यालय सन्चालन हुन नसक्दा शैक्षिक सत्र लम्ब्याइएर १४ महिनाको बनाइएको छ ।
आगामी शैक्षिक सत्र १० महिनाको मात्र हुनेछ । अब यो चालू शैक्षिक सत्रलाइ जेठ भन्दा अगाडि लम्ब्याउनु भनेको एउटा शैक्षिक सत्र गुमाउनु पर्ने हुन्छ । विद्यालयको एउटा शैक्षिक सत्र हराउनु भनेको यसले देशको समग्र शैक्षिक विकास, शैक्षिक प्रतिफल र बालबालिकाको भविष्यमा नकरात्मक प्रभाव पार्छ । यसो हुन नदिन चालू शैक्षिक सत्र जेठ महिनामा पूरा गरेर २०७८ असारदेखि नया शैक्षिक सत्र प्रारम्भ गरि मौजुदा परिवेश अनुसार उपयुक्त किसिमको शिक्षण सिकाइलाई निरन्तरता दिनुपर्ने हुन्छ ।
तत्कालै विद्यालय खुलेर बार्षिक परीक्षा लिन सकिने अवस्था देखिदैन । विद्यालय खुलेर पनि परीक्षा लिन र नतिजा प्रकासन गर्न एक महिना समय लाग्छ, जुन समय अब तोकिएको शैक्षिक सत्रको अवधी भित्र प्राप्त गर्न कुनै सम्भावना नै देखिदैन । त्यसैले विद्यार्थीको सिकाइ मुल्याङ्कन गर्नु जरुरी देखिएको छ । यसका लागि विद्यार्थीको सिकाइ मुल्याङ्कनका लागि समय मै उपयुक्त विधि, पद्धती अवलम्बन गर्न कुनै विलम्ब गर्नु हुदैन ।
विद्यालयमा विद्यार्थी सिकाइ मुल्याङ्कनको अवस्था
चालू शैक्षिक सत्रमा विद्यालयहरुले शिक्षण सिकाइ सगसगै विद्यार्थीहरुको देहायका मुल्याङ्कन गरि सोको अभिलेखिकरण गरिसकेका छन ।
- पहिलो त्रैमासिक परीक्षा र नियमित टेस्ट परीक्षाहरु
- अद्र्धबार्षिक परीक्षा र दोस्रो त्रैमासिक परीक्षा
- विद्यार्थीको निरन्तर मुल्याङ्कन (CAS) (Continuous Assesment System)
- विद्यार्थीको पोर्टफोलियो मार्फत विद्यार्थीको समग्र सिकाइ र प्रगतीको मुल्याङ्कन
- कक्षा शिक्षक तथा विषयगत शिक्षकले आफ्ना विद्यार्थीहरुको नियमित सिकाइ अवस्थाको निर्माणात्मक मुल्याङ्कन
विद्यालयको एउटा शैक्षिक सत्रमा हुने माथी उल्लेखित सबै खाले मुल्याङ्कन चालू शैक्षिक सत्रमा सम्पन्न भइसके तापनि बार्षिक परीक्षा भने हुन नै बाकी छ । विद्यार्थीको कक्षोन्नतिको लागि बार्षिक परीक्षा मात्र एउटा अन्तिम औजार होइन । यहाँ उल्लेख गरिएका सबै निर्माणात्मक र निर्णयात्मक मुल्याङ्कनबाट शिक्षण सिकाइ उपलब्धिको अन्तिम नतिजा प्रकासन गर्न सकिन्छ ।
CAS र पोर्टफोलियो
पाठ्यक्रम विकास केन्द्रले २०६३ सालमा कक्षा १ हुँदै त्यसपछी क्रमश आधारभुत तहका सबै कक्षा (कक्षा १ देखि ८ सम्म) मा CAS लागू गरिसकेको छ । बार्षिक परीक्षा प्रणालीको विकल्पमा आएको CAS (Continuous Assesment System) अर्थात निरन्तर मुल्याङ्कन प्रणाली (Continuous Evaluation System) कार्यन्वयन भइ नै रहेको छ । यो पद्धतिमा विद्यार्थीले हरेक विषयमा पाठगत रुपमा निर्दिस्ट गरेका सिकाइ उपलब्धी शिक्षण सिकाइको क्रममा के कति सिक्न सके भनि सोको निरन्तर मुल्याङ्कन गरि बिषयगत शिक्षकले सो को अभिलेख राखिएको हुन्छ । अर्को तर्फ विद्यार्थीको व्यक्तिगत पोर्टफोलियो (Portfolio) विद्यालयमा रहेको हुन्छ जसबाट विद्यार्थीमा विद्यालय आएदेखि शारिरिक, मानसिक तथा संवेगात्मक पक्षमा भएका परिवर्तन तथा शिक्षण सिकाइले ल्याएका व्यवहारिक परिवर्तन एवम शैक्षिक प्रगतिको उपलब्धी समेत अभिलेख जनाएर राखिएको हुन्छ ।
अधिकाङ्श विद्यालयमा CAS र पोर्टफोलियो दुबै व्यवस्थित रहेको हुन्छ । तर, अधिकाङ्श संस्थागत विद्यालयमा पोर्टफोलियो राख्ने गरेको भएतापनी CAS लागू नगरेको पाइन्छ । पाठ्यक्रमले तोके बमोजिमको मुल्याङ्कन पद्धती व्यवस्थित नगर्नु विद्यालयको कमजोरी हो । विद्यालय शिक्षाको अनुगमन गर्ने, नियमन गर्ने, निर्देसन दिने निकायहरुको ध्यान यता नपुग्नु दुखद पक्ष हो ।
नतिजा प्रकासनमा CAS को प्रयोग
शैक्षिक सत्रको अन्त्यमा विद्यार्थीको मुल्याङ्कन गरि नतिजा प्रकासन गर्दा कक्षागत रुपमा CAS को भुमिका देहाय अनुसार फरक फरक हुने गर्दछ ।
कक्षा १ देखि ३ सम्म : १००% CAS
पाठ्यक्रमले कक्षा १ देखि ३ सम्म परिक्षालाई कक्षोन्नतिको आधार बनाएको छैन अर्थात यी कक्षामा बार्षिक परीक्षा लिइरहनु पर्दैन । विद्यालयले शिक्षण सिकाइको क्रममा लिएका सबै खाले टेस्ट र परीक्षा निर्माणात्मक मुल्याङ्कनका लागि साधन मात्र हुन । जसको अभिलेख ऋब्क् पुस्तिकामा राखिएको हुन्छ । यहि आधारमा नतिजा प्रकासन गर्न सकिन्छ । बार्षिक परीक्षा गरिरहनु आवस्यक छैन ।
कक्षा ४ र ५ : ५०% CAS र ५०% परीक्षा
कक्षा ४ र ५ मा CAS को भार ५०% र सैद्धान्तिक परीक्षाको भार ५०% को व्यवस्था रहेको छ । सैद्धान्तिक परीक्षा भित्र १०% प्रथम त्रैमासिक, ३०% अद्र्धबार्षिक र ६०% बार्षिक परीक्षा राखिएको छ । अहिलेसम्म ऋब्क्, पहिलो त्रैमासिक र अद्र्धबार्षिक परीक्षा भइसकेका छन । अर्थात समग्रमा मुल्याङ्कनका लागि ७०% भार पूरा भएको छ । बार्षिक परीक्षामा लिइने ३० पुर्णाङ्क अर्थात सैद्धान्तिकको ६०% लाई अब परीक्षा नलिए पनि हुन्छ । अहिलेसम्म लिइसकेका परीक्षाको प्राप्ताङ्कलाइ रुपान्तरण गरेर वा विषय शिक्षकले कक्षा सन्चालनको बेला गरेको निर्माणात्मक मुल्याङ्कनको आधारमा अङ्क प्रदान गरेर पनि नतिजा निकाल्न सकिन्छ ।
कक्षा ६ र ७ : ४०% CAS र ६०% परीक्षा
आधारभुत तहको कक्षा ६ र ७ मा CAS, प्रथम त्रैमासिक र अर्धबार्षिक परीक्षा सगै अधिकाङ्स बिषय (गणित बाहेक) मा हुने २५ पुर्णाङ्कको प्रयोगात्मक परीक्षा सम्पन्न भइसकेका छन । यी कक्षामा ती अधिकाङ्स बिषयमा बार्षिक परीक्षाको भार ७३% हाराहारी पूरा भइसकेको छ । बार्षिक परीक्षाको लागि बाकी २७% मुल्याङ्कन यस अघि सम्पन्न भइसकेका परीक्षाको प्राप्ताङ्क रुपान्तरण गरेर वा विषयगत शिक्षकको मुल्याङ्कन अनुसार बार्षिक परीक्षाको नतिजा तयार गर्न सकिन्छ । प्रयोगात्मक परीक्षा नहुने विषयमा समेत कुनै आधार निर्माण गरि नतिजा बनाउन सकिन्छ ।
आधारभुत तहको अन्तिम परीक्षा (कक्षा ८) को मुल्याङ्कन
आधारभुत तहको अन्तिममा लिइने कक्षा ८ को बार्षिक परीक्षा लिने अधिकार स्थानिय तहलाइ रहेको छ । स्थानिय तहले विद्यार्थीको मुल्याङ्कनमा एक मात्र बार्षिक परीक्षालाई आधार मान्ने गरेको छ । संक्रमण जोखिम न्यून भएर सुरक्षित रुपमा परीक्षा लिन सकिने अवस्था नरहेमा स्थानिय तहले यो परीक्षाको विश्वसनियता र वैधता कायम गर्दै निश्चित मापदण्ड बनाएर विद्यार्थी मुल्याङ्कन गर्न देहाय बमोजिमका कुनै पनि विकल्पमा जान सक्छन । यसमा स्थानिय तहले समय मै आवस्यक निर्णय गर्नु आवस्यक छ ।
- विद्यालयमा परीक्षा समिती बनाइ सतप्रतिसत आन्तरिक मुल्याङ्कन गर्ने
- कक्षा ७ को प्राप्ताङ्कबाट ५०% पुर्णाङ्क ल्याइ बाकी ५०% पुर्णाङ्कको आन्तरिक मुल्याङ्कन गर्ने
माध्यमिक तहको कक्षा ९ र कक्षा १० (SEE)
पछिल्लो शैक्षिक सत्रमा राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० (SEE) को नतिजा विद्यार्थीको आन्तरिक मुल्याङ्कन विद्यालयलाई गर्न लगाइ सो को आधारमा नतिजा प्रकासन गरेको छ । गत बर्ष गरिएको यो अभ्यासमा देखिएका सबल र कमजोर दुबै पक्षलाइ अवलम्बन गर्दै बोर्डले यो बर्षको परीक्षा सन्चालन र नतिजा प्रमाणिकरण गर्ने नै छ । विद्यालयले सन्चालन गर्ने कक्षा ९ को बार्षिक परीक्षा ६०% पुर्णाङ्क (सैद्धान्तिक) को हो । प्रथम त्रैमासिक, अर्धबार्षिक परीक्षा र प्रयोगात्मक परीक्षा विद्यालयले लिइसकेका छन । प्रयोगात्मक मुल्याङ्कन हुने बिषयको ४५ पुर्णाङ्क र नहुने विषयको ६० पुर्णाङ्क परीक्षालाई विषयगत शिक्षकबाट आन्तरिक मुल्याङ्कन गरेर नतिजा प्रकासन गर्न सकिन्छ । कक्षा १० पुग्ने आधारशिला तयार हुने यो कक्षा ९ लाई सामान्य मापदण्ड तयार गरेर विद्यालय आफैले मुल्याङ्कन गर्न सक्छन ।
माध्यमिक तह कक्षा ११ र १२
विद्यालय तहको अत्यन्तै महत्व राख्ने अन्तिम परीक्षा कक्षा १२ को परीक्षा हो । राष्ट्रिय परीक्षा बोर्डले सन्चालन गर्ने यो परीक्षा उपयुक्त समयमा उपयुक्त बिधिबाट हुने गरि निर्णय आउने नै छ । अघिल्लो शैक्षिक सत्र देखि कक्षा ११ को परीक्षा सन्चालन गर्न बोर्डले विद्यालयलाई अधिकार प्रत्यायोजन गरिसकेको छ । सोही मापदण्ड भित्र रहेर ती विद्यार्थी कक्षा १२ को बोर्ड परीक्षामा सामेल हुनुभन्दा अगावै परीक्षा सञ्चालन, विद्यार्थी मुल्याङ्कन तथा नतिजा प्रमाणिकरण गर्ने काम विद्यालयले गर्ने नै छन । यसका लागि कोरोना संक्रमण जोखिमको अवस्थालाई मध्यनजर गर्नु पर्ने नै हुन्छ । कक्षा ११ को परीक्षा नहुदा विद्यार्थी कक्षा १२ पढ्न बन्चित नहुने हुदा यो परीक्षा उपयुक्त समयमा लिदा कुनै जटिलता आउदैन । सगै, परीक्षा बोर्डले आवस्यक परे थप निर्देसन दिने नै छ ।
बालबिकास (नर्सरी, एलकेजी, युकेजी)
बालबालिकालाइ विद्यालय शिक्षाको पुर्व अवस्थामा विद्यालय आउन जान, व्यवहारिक ज्ञान सिकाउन, कक्षा १ पढ्नको लागि तयारी गराउन र बालबालिकाको शारिरिक तथा मानसिक पक्षको बिकास गराउने उद्धेश्य लिएको बालबिकास कक्षाको लागि कुनै पनि औपचारिक परीक्षा आवस्यक नै छैन । कक्षा शिक्षकले सामान्य रुपमा मुल्याङ्कन गरि कक्षोन्नती गर्न सक्छन ।
अन्त्यमा,
कुनै पनि शर्तमा शैक्षिक सत्र नलम्ब्याऔं । सिङ्गो शैक्षिक सत्र नास हुनबाट जोगाऔं । परीक्षा हुने भनिएको जेठ महिनामा विद्यार्थी भौतिक रुपमा उपस्थित भएर बार्षिक परीक्षा लिन सकिँदैन । संक्रमण जोखिम कम हुँदै गएमा असारमा विद्यार्थीलाइ पाठ्यपुस्तक बाढ्नु पर्छ । लामो समय बालबालिकालाइ परीक्षा हुन्छ, हुदैन भन्दै अन्यौलमा राख्नु उनीहरुको मानसिक स्वास्थ्यमा नकरात्मक असर बढाउनु मात्र हो । नयाँ कक्षा, नयाँ पुस्तक पाउँदा उनीहरु पुनः एउटा लयमा आइपुग्छन । उनीहरुमा उत्साह थपिन्छ, आत्मबल बलियो हुन्छ । संक्रमण जोखिम रहिरहेमा वैकल्पिक सिकाइका विधिहरु अवलम्बन गर्दै बालबालिकालाइ सिकाइमा जोड्दै शिक्षण सिकाइ चलायमान बनाउनु सबैको दायित्व हो । परीक्षा नै चाहियो भनेर अडिग नकसौं । घर घरमा प्रश्न पठाएर, अनलाइन जोडिएर परीक्षा नखोजौं । सामुदायिक विद्यालय माथी उल्लेखित सबै औजारमा अभ्यस्त छन । संस्थागत विद्यालयमा माथिका कुनै मुल्याङ्कनका औजार व्यवस्थित नभएमा त्यहा पनि कुनै उपयुक्त विकल्प खोजौं । आगामी दिनमा सबै विद्यालयले पाठ्यक्रमले निर्दिस्ट गरेका सबै मापदण्ड व्यवस्थित गर्दै जाऔं । सरोकारवाला सबैको यी पक्षमा ध्यान पुगोस ।