इटाभट्टा, जेठ १ । झापामा कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेको छ । पछिल्लो समय बढी संक्रमित हुने स्थानीय तहमा मेचीनगर पनि परेका छ । झापाका १५ स्थानीय तह मध्ये सबैभन्दा धेरै जनसंख्या भएको मेचीनगरमा अहिले तीन सय भन्दा बढी सक्रिय संक्रमित रहेका छ ।
कोरोनाको दोस्रो लहर शुरु भएयता मेचीनगरमा वैशाख मसान्तसम्ममा ३१५ जना संक्रमित भइसकेका छन भने त्यसमध्ये १५ जना निको भइसकेका छन ।
मेचीनगरमा पहिलो पटक वैशाख ५ गते संक्रमित देखिएको थियो । भारतबाट नेपाल आएकाहरुलाई एन्टिजेन परिक्षण गर्दा एकै पटक ८ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । त्यसको भोलिपल्ट वैशाख ६ गते ३ जनामा संक्रमण पुष्टी भएको थियो ।
त्यस्तै वैशाख ७ गते ५ जना, वैशाख ९ गते १ जना, १० गते १ जना, वैशाख १३ गते ५ जना, १४ गते ४ जना, १५ गते २ जना, १६ गते १० जना, १७ गते ६ जना, १८ गते ७ जना, १९ गते १ जना, २० गते २१ जना, २१ गते १७ जनामा संक्रमण पुष्टी भएको थियो ।
त्यसैगरी वैशाख २२ गते १० जना, २३ गते २३ जना, २४ गते ९ जना, २५ गते १९ जना, २६ गते २२ जना, २७ गते २५ जना, २८ गते २२ जना, २९ गते ३१ जना, ३० गते २४ जना र ३१ गते ३९ जना संक्रमित पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । नगरका ३१५ संक्रमित मध्ये २७८ पिसिआर विधिबाट र ३७ एन्टिजेन विधिबाट पुष्टी भएका हुन ।
मेचीनगरमा अहिलेसम्म ७ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भइसकेको छ । मेचीनगर ६ मा मात्रै ५ जनाको मृत्यु भएको छ भने मेचीनगर १० मा २ जनाको मृत्यु भइसकेको छ ।