बिरामी भर्ना लिन नसक्ने भन्दै निजि अस्पतालका बिज्ञप्ति धमाधम आइरहेका छन । सरकारी अस्पतालका प्रमुखहरू भन्दैछन, “हाम्रो हेल्थ सिस्टम नै कोल्याप्स भइसक्यो ।” WHO ले अघिल्लै वर्ष भनेको थियो, ‘सन २०२० भन्दा २०२१ झन कठिन हुनसक्छ ।’ संसदमा, हिमालमा ठोक्किएको चिसो हावाको बयान गर्दैमा ध्ज्इ को कुरा सुन्ने फुर्सद भएन । महामारीको एक वर्ष, नाराजुलुस र शक्ति प्रदर्शनमा प्रतिस्पर्धा गर्नेहरू अहिले कुर्सीका लागि लड्दैछन । यो हाम्रो लागि दुर्भाग्य हो ।
जसलाई भोट दिएर पठायौं, दिनरात नभनि पसिना बगाएको पैसाले तलब खुवाएका छौं, उनीहरुमा थोरै पनि मानवीयता देखिएन । आफ्ना नागरिक बचाउन दिनरात खट्नुपर्नेहरू कहाँ, कुन सरकार बन्ला र आफूले पद पाउँछु कि पाउदिनँ भन्ने ध्याउन्नमा छन ।
थुप्रै चिकित्सक, अस्पतालका प्रमुखहरू अघिल्लै वर्षदेखि चिच्याइरहेका थिए, “हाम्रो स्वास्थ्य प्रणालीमा व्यापक सुधार गरौं, तयारी गरौं, अन्य देशमा दोस्रो र तेस्रो लहर आइसक्यो । यहाँपनि आउन सक्छ, तयार भएर बसौं ।” नेपालीको रोग प्रतिरोधात्मक क्षमता, अम्बाको पात र बेसारमा पिएचडी गरेका प्रधानमन्त्रीलाई डाक्टरका कुरा सुन्ने फुर्सद कहाँ ?
“बेलैमा स्कुलरकलेज बन्द गरौं, सीमा नाकामा कडाइ गरौं, बाहिरबाट आएकाहरूलाई क्वारेन्टाइनमा राखौं, जाँच बढाऔं” भनेर बिज्ञले दिएका सुझाव सुन्ने फुर्सद कहाँ थियो, मन्त्रीलाई ? दोस्रो लहरले चेपिसक्दा, डाक्टरहरू आकुल व्याकुल भएर चिच्याउँदा (नेपालगन्जबाट) सरकारको प्राथमिकता धरहरा उद्घाटन भयो ।
बेड, अक्सिजन, आइसियू र भेन्टिलेटरको जोहो गर्नुपर्ने बेला भिड बटुलेर धरहरा उद्घाटन गर्न जानेहरू यो भयावह अवस्थाको दोषी होइनन ? टाइसुट कसेर त्यही भिडको पछि लागेर थपडी बजाउनेहरू, अहिले देशको प्राथमिकता यो होइन है, भन्नेलाई विकास विरोधी देख्नेहरू सबैभन्दा ठुला दोषी हुन । सदनमा महामारीको तयारीका विषयमा तथ्यसहित प्रश्न गर्ने सांसदलाई उडाउने प्रधानमन्त्रीलाई परर ताली ठोक्नेहरू सबैभन्दा ठुला दोषी हुन ।
समयमै विद्यालय बन्द नगर्ने, सीमा नाका बन्द नगर्ने, आवश्यक स्वास्थ्य तयारी नगर्ने, लकडाउनका विषयमा समयमै निर्णय नगर्ने, चिकित्सकका कुरा सुन्दै नसुन्ने, भिड बटुलेर भाषण र उद्घाटनमा रमाउनेहरू यो भयावह अवस्थाको दोषी होइनन ? दुई छाक टार्न नसक्नेहरूले घरभित्र थुनिएर कहिलेसम्म महामारी रोकिदिनुपर्ने ?
बेड, अक्सिजन, आइसियू र भेन्टिलेटरको जोहो गर्नुपर्ने बेला भिड बटुलेर धरहरा उद्घाटन गर्न जानेहरू यो भयावह अवस्थाको दोषी होइनन ? टाइसुट कसेर त्यही भिडको पछि लागेर थपडी बजाउनेहरू, अहिले देशको प्राथमिकता यो होइन है, भन्नेलाई विकास विरोधी देख्नेहरू सबैभन्दा ठुला दोषी हुन । सदनमा महामारीको तयारीका विषयमा तथ्यसहित प्रश्न गर्ने सांसदलाई उडाउने प्रधानमन्त्रीलाई परर ताली ठोक्नेहरू सबैभन्दा ठुला दोषी हुन ।
खै तयारी, खै योजना, खै स्वास्थ्य पूर्वाधार, खै जिम्मेवारीबोध ? जात्रा, मेला र विवाह बटुलका विषयमा खै प्रष्ट निर्देशन ? अनि लाचार भएर स्वास्थ्य मन्त्रालयले बिज्ञप्ती निकाल्नु पर्ने, भिड गर्नेहरूको समाचार नलेखिदिनु हैु भनेर !
देशमा अहिले रामे, श्यामे, चन्द्रे जो प्रधानमन्त्री भएपनि अक्सिजन नपाएर छट्पटीएको बिरामीलाई कुनै अर्थ राख्दैन । हरेक एक मान्छेको जीवन महत्त्वपूर्ण छ । समाचारमा मृत्यु, संख्याको रुपमा आउँछ । तर, त्यो केवल संख्यामात्रै होइन, कसैको एउटा सिङ्गो जीवन समाप्त भएको हो । कसैको घर सकिएको हो, भरोसा सकिएको हो । अस्पताल र औषधि नपाएर कोही मर्छ भने त्यो मृत्यु होइन, हत्या हो ।
सरकार समयमै भावनामा बग्न सकेको भए, अहिले हामीले आँसु बगाउनु पर्ने थिएन । आफन्त र साथी गुमाउनु पर्ने थिएन । महामारीको लडाइँ दोस्रो वर्षमा प्रवेश गरेको छ । कुर्सीको लडाइँ वर्षौंदेखि चलिरहेको छ । जीवनभर सत्ताका लागि लुच्छाचुडी गर्नेहरू पनि त एकदिन मरेर जालान् ! मिल्छ भने उनीहरु जुगजुग बाँचुन ।
गिता चिमोरियाको फेसबुकबाट ।