मेचीनगर, वैशाख २९ । झापामा कोरोना संक्रमण ह्वात्तै बढेको छ । अहिलेसम्म एकै दिनमा दुई सयको आँकडा पनि नछोएको झापामा बुधबार तीन सयको आँकडा पनि कटेको छ । बुधबार झापामा ३७१ जना नयाँ संक्रमित थपिएका छन । पिसिआर विधिबाट ३२५ जना र एन्टिजेन विधिबाट ४६ जना संक्रमित पुष्टी भएको झापाका कोभिड फोकल पर्सन जीवन चौम्लागाईले जानकारी दिनु भयो ।
आज झापामा सबैभन्दा धेरै बिर्तामोडमा संक्रमित भएका छन । बिर्तामोडमा ९० जना संक्रमित थपिएका छन । त्यस्तै भद्रपुर ५६, अर्जुनधारा ५०, मेचीनगर ३१ र कनकाईमा २४ जना संक्रमित थपिएका हुन ।
त्यसैगरी दमक २२, बुद्धशान्ति २०, गौरादह १८, कमल १३, शिवसताक्षी १२, हल्दिबारी ८, बाह्रदशी र गौरीगञ्ज ५ ५, झापा गाउँपालिकामा ४ जना र ठेगाना नखुलेका ६ जना संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
झापामा आज ७ जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार झापा मेचीनगर १० का ६३ बर्षिय पुरुष, मेचीनगर ६ का ६० बर्षिय पुरुष, भद्रपुर ४ का दुई जना ४८ र ४९ बर्षिय पुरुष, भद्रपुर ९ का ८८ बर्षिया महिला, कचनकवलका ६० बर्षिय पुरुष र बिर्तामोड १ का ५३ बर्षिया महिलाको मृत्यु भएको छ । योसंगै कोरोनाको दोस्रो लहर यता झापामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।
झापामा सक्रिय संक्रमितको संख्या २१३९ रहेको छ भने झापाका झापामा १९८ जना संक्रमितले कोरोना जितेर निको भएको जिल्ला कोभिड फोकल पर्सन चौम्लागाईले बताउनु भयो ।