झापा, बैशाख १३ । कोरोना संक्रमण नियन्त्रणका लागि रंगकर्मीहरुले नाटक प्रस्तुत गरेका छन । जनचेतना नेपालले कोभिड १९ सम्बन्धि जनचेतना मूलक नाटक प्रस्तुत गरेका हो । कोरोना संक्रमण तिब्र रुपमा फैलिए पछि नाटक मार्फत सचेतना जगाउन शुरु गरिएको जनचेतना नेपालका केन्द्रीय अध्यक्ष बालकृष्ण निरौला बताउनु भयो ।
रङ्गकर्मी आशान्त शर्मा निर्देशनमा कोरना भाइरस (कोभिड–१९) बिरुद्धको सचेतना मूलक सडक नाटक ‘हाम्रै गाउँघरमा’ मञ्चन गरिएको छ । गोकणेश्वर नगरपालिकाको आयोजनमा जनचेतना नेपालको प्रस्तुति सामुदायिक सडक नाटक भेनस कलेजको सभा हलमा प्रथम प्रर्दशन गरिएको हो ।
कोरोना रोग नियन्त्रण तथा रोकथामका लागि नगरपालिकाले नगरबासीमा चेतना जगाउन सो नाटक मञ्चनको आयोजना गरेको नाटकका कलाकार मुना निरौला त्रिपाठीले जानकारी गराउनु भयो । ३० मिनेट लामो नाटकमा ब्यक्तिगत सरसफाई तथा कोरोना रोग र रोकथाम बारे समसामयिक बिषयलाई नाटकमा उठान गरेको अर्का कलाकार यम बहादुर जीसीले बताउनुभयो । नाटकमा मुख्य कलाकारको रुपमा कमल बोहरा, मुना निरौला त्रिपाठी, कबिन्द्र त्रिपाठी, याम बहादुर जिसी, सोमा न्यौपाने लगायतको भूमिका रहेको छ भने अन्य कलाकारमा शरला पराजुली, प्रनिस थापा मगर, कृष्ण केसी रेशम मल्ल, बिनोद प्रकाश धामीको अभिनय हेर्न सकिन्छ ।
क्रितिमा र क्रिस्टीना त्रिपाठीले बाल कलाकारको रुपमा अभिनय गर्नुभएको छ । नाटकको लेखन कबिन्द्र त्रिपाठी रहनुभएको छ । नाटकमा समसामयिक राजनीतिक ब्यवस्था, पारिवारीक पिडालगायत कोरोना संक्रमणबाट कसरी बच्न सकिन्छ भन्ने बिषयलाई सडक नाटकमार्फत आम नागरिकले बुझने भाषा शैलिमा प्रस्तुत गरिएको छ । नाटकमार्फत कोरोना संक्रमणबारे कसरी बच्ने भन्ने बारे सचेतना फैलाउने उद्देश्य भएकोले नगरपालिकाले सहयोग गरेको गोकुणेश्वर नगरपालिकाले जनाएको छ ।
नाटकमा जाँड रक्सीको कुलतले समाजमा निम्त्याउन सक्ने विभिन्न विकृति विरुद्ध सचेत गराएको छ । सडक नाटकमा १२ जना कलाकारले अभिनय प्रस्तुती दिएका छन । सरकारले तोकेको स्वास्थ्य मापदण्ड र सामाजिक दुरी कायम गरेर नाटक प्रस्तुत गरीने नाटकका कलाकार समेत रहनु भएका जनचेतना नेपालका अध्यक्ष निरौलाले जानकारी दिनु भयो । अध्यक्ष निरौलाले सातै प्रदेशमा सामाजिक रुपान्तरणका साथै जनजनमा कोभिड १९ बिरुद्ध जनचेतना जगाउने काममा निरन्तरता दिने बताउनु भएको छ ।
जनचेतना नेपालको हाल केन्द्रीय कार्यालयसहित १ नम्बर प्रदेश र बाग्मती प्रदेशमा प्रादेशिक संरचना रहेको र अन्य प्रदेशमा पनि संस्थालाई विस्तार गरिने यसअघि पनि जनचेतना नेपालले झापा, काभ्रे ,नुवाकोट, काठमाडौँ, चितवन लगायतका विभिन्न जिल्ला को ग्रामीण भेगमा न्यानो कपडा, खाद्यान्य, अभिमुखीकरण, स्वयंसेवी, निःशुल्क खाना वितरण लगायतका जनचेतना जगाउने काम गरिसकेको छ ।