झापा, भदौ १७ ।
नेपालमा कोरोना संक्रमितको संख्या ४१ हजार नाघेको छ । नेपालमा आज ११२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ११२० जनामा कोरोना भेटिदा नेपालमा कुल संक्रमितको संख्या ४१६४९ पुगेको छ ।
त्यस्तै प्रदेश नं १ मा आज झापाका १४ सहित मोरङ ५३, सुनसरी ७२, पाँचथर १, उदयपुर १, ओखलढुंगा २, खोटाङ १, धनकुटा २, भोजपुर ३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
आज झापामा समुदायस्तरमा ७ सहित १४ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका कोभिड सम्पर्क ब्यक्ति जीवन चौलागाईंले दिनु भएको जानकारी अनुसार झापाको कमल गाउँपालिकाका ३ महिला र ३ पुरुष गरी ६ जना स्थानीय र हल्दिबारीका १ महिला सहित ७ जना स्थानीयमा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै झापाका अन्य संक्रमितहरुमा भारतबाट आए होटल क्वारेन्टाइनमा रहेका मेचीनगर वडा नं ६ का ३ पुरुष, त्यस्तै भारतबाटै आएर क्वारेन्टाइनमा रहेका गौरीगञ्ज गाउँपालिका वडा नं २ का १ पुरुष रहनु भएको छ । त्यस्तै बिर्तामोड नगरपालिका वडा नं ५ र ६ का १ महिला र २ पुरुष गरी ३ जना रहनु भएको छ ।
नेपालमा हाल सम्मकै धेरै निको भए
नेपालमा आज देशभर पछिल्लो २४ घण्टामा १११२ निको भएर डिस्चार्ज हुँदा हाल सम्म नेपालमा निको भएर घर फर्कनेको संख्या २३ हजार २९० पुगेको छ । जुन कुल संक्रमितको ५६ प्रतिशत रहेको छ ।
हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको रुपमा आइसोलेशनमा रहनेको संख्या १८ हजार १०८ जना रहँदा संस्थागत आइसोलेशनमा १० हजार ४९३ रहेको छ भने होम आइसोलेशनमा रहनेको संख्या ७ हजार ६१५ रहेको छ । त्यस्तै क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ७६६ रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कोरोनाका संक्रमित मध्ये १४४ जना आइसियूमा रहेर उपचार गराई रहेको छन् भने भेन्टिलेटरमा रहेर उपचार गराउने बिरामीहरुको संख्या १८ रहेको छ ।
आज थप १२ जनाले ज्यान गुमाए
नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको ज्यान गएको छ । ६ महिला र ६ पुरुष सहित १२ जनाले कोरोनाको संक्रमणका कारण ज्यान गुमाएका छन् ।
योसंगै नेपालमा कोरोनाका कारण निधन हुनेको संख्या २५१ पुगेको मन्त्रालयले पुष्टि गरेको छ ।