धुलाबारी, वैशाख ७ । रोटरी क्लब अफ मेचीनगर र रोट्याक्ट क्लब अफ मेचीनगरको पदस्थापन भएको छ । धुलाबारीस्थीत मेची क्राउन प्लाजामा दुवै क्लबको स्थापना भएको घोषणा सभा तथा पदस्थापन सोमबार सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि रोटरी अन्तर्राष्ट्रिय ३२९२ का डिस्ट्रक गभर्नर राजीव पोखरेलले सामाजिक क्रियाशिलतालाई ब्यवस्थीत रुपमा अघि बढाउने काममा रोटरी क्लवले अगुवाइ गर्ने बताउनु भयो ।कार्यक्रममा विशेष अतिथि मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझा, रोटरीका एसिस्टेन गभर्नर नविनकुमार श्रेष्ठ, एसिस्टेन डिष्ट्रिक रोट¥याक्टर सन्नी गोयल लगायतले बोलेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि रोटारियन पोखरेलले रोटरी क्लव मेचीनगरका संस्थापक अध्यक्ष किशोर क्षेत्रीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो । मेचीनगर अध्यक्ष क्षेत्रीले पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराउनु भएको थियो ।
सो अवसरमा अध्यक्ष तथा पदाधिकारीहरु तथा सदस्यहरुलाई पिन, किट तथा प्रमाण पत्र वितरण गरिएको थियो । कार्यक्रममा रोट¥याक्ट क्लवका अध्यक्ष तथा पदाधिकारी तथा सदस्यहरुलाई समेत सपथ ग्रहण गराइएको थियो । मेचीनगरमा हालै इवन लुइँटेलको अध्यक्षतामा २७ सदस्यीय रोट¥याक्ट क्लव अफ मेचीनगर र किशोर क्षेत्रीको अध्यक्षतामा ४१ सदस्यीय रोटरी क्लव अफ मेचीनगर गठन गरिएको थियो ।
कार्यक्रममा अध्यक्ष द्वय क्षेत्री र लुइटेलले प्रतिबद्धता मन्तव्य व्यक्त राख्नु भएको थियो । रोटरी क्लव मेचीनगरका भाइस पे्रसिडेन्ट कमल कोइरालाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव सपना ओडारीले गर्नु भएको थियो ।
रोटरी क्लब अफ मेचीनगरको संस्थापक अध्यक्षमा क्षेत्री तथा प्रेसिडेन्ट इलेक्ट अनन्तप्रकाश वस्ती, प्रेसिडेन्ट नोमिनी सबिता भेटवाल लगायतका पदाधिकारी रहेको बताइएको छ । अध्यक्ष क्षेत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रेसिडेन्ट एलेक्ट अनन्त प्रकाश वस्तीले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।