मेचीनगर, बैशाख ४ ।
नेकपा एमाले भित्र तिब्र बिवाद बढ्दै जाँदा अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालले आ आफ्ना समुहका नेता कार्यकर्तालाई एकत्रित गर्न थालेका छन । दुवै नेताले समानान्तर विभिन्न कमिटिहरु समेत बनाइरहेका छन । ६८ वटा जिल्लामा दुवै नेताका समानान्तर जिल्ला कमिटि गठन भएका छन ।
प्रधानमन्त्री समेत रहनु भएका एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा समेत माधव नेपाल समुहले बैशाख ३ गते जिल्ला कमिटि घोषणा गरेको छ । एमाले नेता नेपाल आफैं झापा आएर घोषणा गर्नु भएको जिल्ला कमिटिमा पुराना १०५ सदस्यलाई यथावत राखेर थप २४६ जना समावेश गरी ३५१ सदस्यीय जिल्ला कमिटि गठन गरिएको माधव नेपाल निकट मानिनु हुने नेकपा एमालेका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज रबिन कोइरालाले जानकारी दिनु भयो ।
कोइरालाकै गृहनगर मेचीनगरबाट जिल्ला कमिटिमा ४७ जना परेका छन । मेचीनगरका १५ वटै वडाबाट प्रतिनिधित्व हुने गरी र मजदुर क्षेत्रलाई समेत समेटेर जिल्ला कमिटिमा नाम सिफारिस गरिएको एमाले स्रोतले जनाएको छ ।
मेचीनगरबाट जिल्ला कमिटि सदस्य चयन हुनु भएकाहरुमा रत्न केसी, ज्ञानेन्द्र ढुंगाना, हर्क बहादुर बस्नेत, मेघेन्द्र थापा, गोबिन्द न्यौपाने, ज्योति पाठक, भुपाल शिवाकोटी, हेमा सिटौला, बिष्णुमाया पाठक, दामोदर ढुंगेल, सुभाष मिजार र चित्र धिमाल रहनु भएको छ ।
त्यसैगरी दशरथ खडिया, राजु धिमाल, संगिता थापा, निरोज कट्टेल, भास्कर घिमिरे, उदय बराइली, मधु निरौला, हरि घिमिरे, रेवन्त दाहाल, राजेन्द्र सापकोटा, कृष्णराज सिग्देल, पर्शुराम राजबंशी, दुर्गा धमला, जीवन प्रसाई, मेनुका घिमिरे काफ्ले, चेतबहादुर राउत र राजु क्षेत्री एमाले जिल्ला कमिटि सदस्य हुनु भएको छ ।
त्यस्तै नेत्र दाहाल, बिक्रम गिरी, देबी भट्टराई, दुर्गाराम अर्याल, मोहन खतिवडा, सिता राई, सोमराज ढकाल, रघु धिमाल, ठाकुर शिवाकोटी, प्रीतम काफ्ले, अनिता थापा, हरि तिम्सिना, गोबिन्द गिरी, बबिता पौडेल, नविन बिष्ट, भोजराज पराजुली र बिमला देवकोटा एमाले जिल्ला कमिट सदस्य चयन हुनु भएको मेचीनगरबाट सदस्य छनौट कार्यदलका एक सदस्यले सेतोपत्रलाई जानकारी दिनु भयो ।
यो बेला केपी ओलीसहित सिङ्गो सत्तासंग प्रतिस्पर्धा गर्नु पर्ने भएकाले पनि शक्ति संचयको बेला जिल्ला कमिटि ठुलो आकारको बनाउनु परेको सदस्य छनौट कार्यदलका एक सदस्यले बताउनु भयो । मेचीनगरबाट माधव समुहका डिल्लीराम घिमिरे, अर्जुन पौडेल, शंकर थापा, सन्तोस आचार्य, लालबहादुर थामी, साबित्रा दाहाल, लाल मोहम्मद र नरेन्द्र मेचे यस अघि देखि नै एमाले जिल्ला कमिटि सदस्यको जिम्मेवारीमा हुनुहुन्छ ।