बिर्तामोड, बैशाख ३ ।
नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले एकै दिनमा ३ जनालाई प्रधानमन्त्री पद बाँड्ने नाटक गरेको बताउनु भयो । आफु पक्षीय एमालेको जिल्ला कमिटि गठन तथा घोषणा सभालाई आज झापाको बिर्तामोडमा सम्बोधन गर्दै एमाले नेता नेपालले ओली १ नम्बर खेलाडी भएको बताउनु भयो ।
ओलीले बिहान ११ बजे बामदेव गौतमलाई, १ बजे आफुलाई र अपरान्ह ४ बजे प्रचण्डलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष बनाउने बताएर राजनितिक खेल खेल्न खोजेको एमाले नेता नेपालले बताउनु भयो । ओली झुटको पुलिन्दा र चरम ब्यक्तिवादी मानिस भएको नेता नेपालले आरोप लगाउनु भयो ।
आफुसंग असहमत हुने पार्टी नेता कार्यकर्ताको पत्ता साफ गर्ने निरकुशं र अवसरबादी चरित्र ओलीमा मौलाउँदै गएको नेता नेपालको तर्क थियो । वहाँले केपी ओली राजा ज्ञानेन्द्रको दोस्रो अवतार भएको टिप्पणी गर्नु भयो । ओलीको निरकुशंतले कम्युनिष्ट आन्दोलननै बर्बादी तर्फ धकेलिएकाले आफुहरुले एमालेको एकता बचाउन देशब्यापी अभियान सञ्चालन गरेको समेत नेपालले बताउनु भयो । नेपालका अनुसार ६८ जिल्लामा जिल्ला कमिटि गठन समेत भइसकेको छ ।
कार्यक्रममा बोल्दै एमाले नेता घनश्याम भुषालले केपी ओलीले झापाली कम्युनिष्ट आन्दोलनमाथी गद्दारी गरेको आरोप लगाउनु भयो । ओली जस्तो सन्तान अब कुनै पनि नेपाली आमाले जन्माउनु नहुने पनि भुषालले बताउनु भयो । भुषालले भन्नुभयो, ‘ओली जस्तो चरम ब्यक्तिबादी मानिस अब कुनै नेपाली आमाको कोखबाट जन्मनु हुँदैन ।’ यस्तो अहंकारी र आफु बिरुद्ध बोल्नै नदिने मानिस कुनै आमाले जन्माउनै नचाहने पनि भुषालले बताउनु भयो ।
पुर्व मन्त्री समेत रहनु भएका भुषालले भन्नुभयो, ‘ओली की त झुट बोल्नुहुन्छ, कि त गाली गलौच मात्रै गर्नुहुन्छ । वहाँको भनाइमा कहिं कतै बिचार हुँदैन ।’ ‘महाकाली सन्धीमा एक अरब २० करोड लिएर लिपुलेक र लिम्पियाधुरा भारतलाई बेच्ने ओली आज राष्ट्रबादी हुनु हुनुहुन्छ ।’ भुषालले भन्नुभयो, ‘ महाकाली सन्धीमा तेही चुच्चे नक्साको भुगोल नेपालकै हो भन्ने पक्ष त माधव नेपालहरुको थियो तर त्यही सन्धीमा भारतको पक्ष लिने ओली आज चुच्चे नक्सा छाप्दैछन ।’ ओलीको राष्ट्रबाद नक्कली भएको भुषालले टिप्पणी गर्दै ओली सत्ताका लागि जे सुकै गर्न पनि तयार हुने भुषालले बताउनु भयो ।
झापाली आन्दोलनको जगमा उठेको कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने ओलीलाई झापाले नै हराएर देखाउनु पर्ने भुषालको तर्क थियो । भुषालले भन्नुभयो ‘ओलीको बहुदलीय जनबाद भनेको चुनावदेखि चुनावसम्मको मात्र हो ।’