कनकाई, चैत ३१ । कनकाई सामुदायिक वनको आगामी तीन वर्षे कार्यकालकालागि ख्याम ओली पुनः निर्वाचित भएका छन् ।
नेकपा एमाले समर्थित ओलीले काँग्रेसका उम्मेद्वारका सन्तोष रायमाझीलाई १७ मतले पराजित गर्दै बिजय प्राप्त गर्नु भएको हो । नेपाली कांग्रेस सहित माओवादी, राप्रपा र जनता समाजवादी पार्टीको गठबन्धनले रायमाझी नेतृत्वमा उम्मेद्वार उठाएको थियो भने एमालेको एक्लो प्यानल चुनावी मैदानमा थियो । त्यस्तै नारायण ओलीले नेतृत्व गरेको प्यानल साझा विवेकशील पार्टीको समर्थन प्राप्त थियो ।
हिजो सोमबार भएको निर्वाचनको बेलुका ७ बजेबाट मतगणना प्रक्रिया अघि बढेको थियो । राती दुई बजे मत गणनाको अन्तिम परिणाम सार्वजनिक गर्दै निर्वाचन समितिले ओली लगायत अन्य सवै पदाधिकारीको अन्तिम मत परिणाम सार्वजनिक गरेको हो ।
अध्यक्ष ओलीले आफ्ना प्रतिस्पर्धी सन्तोष रायमाझीलाई १७ मतको अन्तरले पछि पार्दै विजयी बनेका हुन् । नवनिर्वाचित अध्यक्ष ओलीले १ हजार २ सय १८ मत प्राप्त गरी विजयी बनेका हुन् । उनका प्रतिस्पर्धी रायमाझीले १ हजार २ सय एक मत प्राप्त गरेका थिए । त्यस्तै अध्यक्षका अर्का प्रतिस्पर्धी नारायण ओलीले ९५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
उपाध्यक्षमा रायमाझी प्यानलका ललितवहादुर कार्कीले १ हजार १ सय ९१ मत प्राप्त गर्दै विजयी बन्नु भएको छ । वहाँका प्रतिस्पर्धी ओली प्यानलका हिरण्य राईले १ हजार १ सय ४ मत प्राप्त गरेका थिए भने अर्का प्रतिस्पर्धी जीतवहादुर श्रेष्ठले १ सय ४७ मत प्राप्त गर्नु भएको थियो । सचिवमा रायमाझी प्यानलकी मान्ता खरेलले १ हजार २ सय ३ मत प्राप्त गरी विजयी बन्नु भएको छ । वहाँका प्रतिस्पर्धी ओली प्यानलकी मेनुका मैनालीले १ हजार ६४ मत प्राप्त गर्नु भएको छ । अर्की प्रतिस्पर्धी अम्बिका चापागाईँले १ सय ८३ मत प्राप्त गर्नु भएको छ । विजयी बनेका उपाध्यक्ष र सचिव यस अघिको कार्यसमितिमा समेत सोही जिम्मेवारीमा थिए । वहाँहरुले आफ्नो जिम्मेवारी दोहोर्याएका छन् ।
सहसचिवमा रायमाझी प्यानलकै केशव संग्रौलाले १ हजार १ सय २४ मत प्राप्त गरी विजयी हुनु भएको छ भने वहाँका प्रतिस्पर्धी ओली प्यानलका चेतराज श्रेष्ठले १ हजार ७१ मत प्राप्त गर्नु भएको छ । अर्का प्रतिस्पर्धी सचिन तामाङ्ले २ सय २३ मत प्राप्त गर्नु भएको छ ।
कोषाध्यक्षमा ओली प्यानलका श्रीप्रसाद खरेलले १ हजार १ सय ७५ मत प्राप्त गरी विजयी बन्नु भएको छ भने रायमाझी प्यानलका गोपी पाण्डेले १ हजार १ सय २५ मत प्राप्त गर्नु भएको छ । त्यस्तै अर्का प्रतिस्पर्धी खड्गप्रसाद चुडालले १सय २७ त प्राप्त गरेको निर्वाचन समितिका संयोजक टिकाकुमार पोखरेलले बताउनु भयो । खरेल यस अघि कार्यसमितिको सहसचिवको जिम्मेवारीमा हुनुहुन्थ्यो ।
सोमबार सम्पन्न निर्वाचनमा २ हजार ८ सय ६१ मतदाता मध्ये २ हजार ५ सय ९० मत खसेको निर्वाचन समितिले जनाएको छ ।