नेपाल पत्रकार महासंघ प्रदेश नं १ को अध्यक्षमा लिलाबल्लभ घिमिरे नेतृत्वको प्यानल नै विजय भएको छ । नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल र क्रान्तिकारी पत्रकार महासंघबीच साझा प्यानलको रुपमा चुनावी मैदानमा उत्रिएको प्यानलका सबै उम्मेद्वारी बिजयी भएका हुन ।
प्रेस चौतारी नेपाल (ओली समुह) बाट उम्मेद्वार बन्नु भएका मोहन काजी न्यौपानेलाई १९६ मतान्तरले पराजित गर्दै युनियनका प्रदेश संयोजक समेत रहनु भएका घिमिरे महासंघ प्रदेश अध्यक्षमा विजयी हुनु भएको हो । घिमिरेले ७९३ मत प्राप्त प्राप्त गर्दा काजीले ५९७ मात्रै प्राप्त गर्नु भएको थियो । त्यस्तै उपाध्यक्षमा युनियनकै लवदेव ढुंगाना निर्वाचित हुनु भएको छ । लवदेबले ८१० मत प्राप्त गर्दा उपाध्यक्षका अर्का प्रत्यासी उम्मेद्वार रोहित राईले ५९७ मत प्राप्त गर्नु भयो ।
महिला उपाध्यक्षमा युनियनकी हिमादेवी चेम्जोङले ८३६ मत प्राप्त गरी निर्वाचित हुनु भएको छ । वहाँका निकटतम प्रतिस्पर्धी कोकिला ढकालले ५७८ मत प्राप्त गर्नु भयो ।
महासचिवमा प्रेस संगठनका विवेक गौतम ८१९ मत ल्याएर निर्वाचित हुनु भएको छ भने गौतमका प्रतिस्पर्धी फिफराज वेघाले ५६२ मत प्राप्त गर्नु भयो । त्यस्तै सचिवमा युनियनका देवेन्द्र कार्की ८६२ मतका साथ निर्वाचित हुनु भयो भने कार्कीका प्रतिस्पर्धी अविजाल विष्टले ५१३ मत प्राप्त गर्नु भयो ।
समावेशी सहसचिवमा सन्तोष यादव ७६१ मत प्राप्त गर्दै विजयी हुँदा वहाँका निकटतम प्रतिस्पर्धी सन्तवीर लामाले ६२६ मत प्राप्त गर्नु भयो । कोषाध्यक्षमा प्रेस संगठनका विमल लामिछाने निर्वाचित निर्वाचित हुन्ु भयो । लामिछानेले ८०६ मत प्राप्त गर्दा वहाँका प्रतिस्पर्धी सन्तोष रुचालले ५७२ मत प्राप्त गर्नु भयो । त्यस्तै सदस्य पदमा सुरेन्द्र भण्डारी ८२९, लीलाराज झापाली ८१७, ध्रुव भट्टराई ८०४, तोयानाथ भट्टराई ७३९ र गोपालप्रसाद पोखरेलले ७२५ मत प्राप्त गर्दै विजयी भएका छन्। । महिला सदस्यमा विनु तिम्सिनाले ८३८, माला पालुङ्वाले ७९० र सुशीला पाठकले ८४२ मत प्राप्त गर्दै विजयी बनेका छन्। ।
त्यस्तै दलित सदस्यमा बिपी दियाली ८२४ मतका साथ निर्वाचित हुनु भएको छ भने जनजाति सदस्यमा विष्णु सुब्बाले ८३७ , यमकुमार दनुवारले ६७१ मत प्राप्त गर्दै विजयी बन्नु भएको छ ।
मधेशी सदस्यमा प्रमोदकुमार यादवले ७९३, व्रम्हदेव यादव ६७० मतका साथ निर्वाचित हुनु भयो । अल्पसंख्यक सदस्यमा ओखलढुंगाका लीलाबहादुर सुनुवार ६५५ मतका साथ निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।