बिर्तामोड, चैत २७ ।
नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षमा एकराज गिरी निर्वाचित हुनु भएको छ । चैत २५ गते सम्पन्न निर्वाचनको अन्तिम मतगणना परिणाम अनुसार नेपाल प्रेस युनियन, प्रेस सङ्गठन र मिडिया नेपाल बिचको गठबन्धनका साझा उम्मेदवारका रुपमा उम्मेद्वार रहनु भएका प्रेस युनियनका गिरी अत्याधिक मतसहित विजयी हुनु भएको हो ।
महासंघको पदाधिकारीमा पनि सबै गिरीकै प्यानल विजयी भएका छन साथै सदस्यहरूमा पनि अधिकांश गिरी प्यानलबाटै निर्वाचित भएका छन । नयाँ नेतृत्व चयनका लागी बुधवार भएको मतदानमा शाखाका २६३ सदस्य मध्ये २५६ जना पत्रकारहरू मतदान कार्यक्रममा सहभागी भएको निर्वाचन समितिका संयोजक चिन्तामणी दाहालले बताउनु भयो ।
अन्तिम मत परिणाम अनुसार अध्यक्षमा निर्वाचित गिरीले १५५ मत प्राप्त गर्दा केपी ओली सम्बद्ध प्रेस चौतारी र प्रेस मञ्च नेपालको गठबन्धनका उम्मेदवार विशाल नेम्बाङले ७४ मत र माधव नेपाल निकट प्रेस चौतारीबाट अध्यक्षका उम्मेदवार तीर्थ सिग्देलले २६ मत प्राप्त गरे ।
त्यसैगरि उपाध्यक्षमा गिरीकै प्यानलका केशब भट्टराईले १३१ मत प्राप्त गरी विजयी हुँदा नेम्बाङको प्यानलबाट उपाध्यक्षका उम्मेदवार गोपाल झापालीले ९६ मत प्राप्त गरे, त्यसै गरी उपाध्यक्षका अर्का उम्मेदवार हिमालचन्द्र खरेलले २६ मत प्राप्त गरे ।
महिला उपाध्यक्षमा प्रेस युनियनकी सुशीला सङ्ग्रौलाले १४० मत प्राप्त गरी निर्वाचित हुँदा प्रेस चौतारीकी सावित्री दाहाल भट्टराईले १०७ मत प्राप्त गर्नु भयो ।
सचिवमा प्रेस संगठनका डिकेश लामाले १२८ मत प्राप्त गरी विजयी हुँदा चौतारीका सुव्रत न्यौपानेले ९९ मत प्राप्त गर्नु भयो । त्यस्तै सचिवका अर्का उम्मेद्वार प्रेम कुमार आचार्यले २५ मत प्राप्त गर्नु भयो ।
खुल्ला सह सचिवमा प्रेस संगठनका राजु पाठक १५५ मत सहित निर्वाचित हुँदा चौतारीका विनोद सापकोटाले ९२ मत मात्रै प्राप्त गर्नु भयो । त्यसै गरी समावेशी सहसचिवमा युनियनका अर्जुन राजवंशी १७२ मत ल्याई विजयी बन्दा चौतारीका देशराज नेम्बाङले ७३ मत मात्रै प्राप्त गर्नु भयो । कोषाध्यक्षमा मिडिया नेपालका रञ्जित प्रसाईँ १३३ मत प्राप्त गरी विजयी बन्दा चौतारीका रमेश तिवारीले ११५ मत प्राप्त गर्न सफल हुनु भयो ।
सदस्यहरूमा पनि अधिकांश गिरी नेतृत्वको प्यानलबाटै निर्वाचित भएका छन । गिरीको प्यानलबाट चिरञ्जीवी घिमिरे, मनीषा चम्लागाईं, शुष्मा राजवंशी, होमप्रसाद अधिकारी, विनोद पाण्डे, द्रोण अधिकारी र रञ्जित परियार निर्वाचित भएका छन । नेम्बाङको प्यानल बाट राजन साम्पाङ, अच्युतराज सुवेदी, अनिल वाग्ले, र सुनिरा मैनाली निर्वाचित भएका छ्न ।
त्यसै गरी निर्विरोध निर्वाचित तर्फ महिला सदस्यमा स्वस्तिका आचार्य ,समावेशी (मधेसी सदस्य) तर्फ सन्तोष शर्मा, प्रदेश परिसद (समावेशी ) तर्फ अनुषा चुँडाल, आत्माराम राजवंशी ,पुकारचन्द्र राजवंशी, प्रदीप परियार, मनकुमार गदाल ,सन्तोष अग्रवाल निर्विरोध निर्वाचित भएका छन । त्यस्तै प्रदेश परिसद खुला सदस्य तर्फ ईश्वर अधिकारी ,उत्तम नेपाल ,उमानाथ भण्डारी ,टीका राम उप्रेती, डिल्लीराम घोर्साइ , तुलसी प्रसाद निरौला, राजकुमार ओली, राजु पौडेल, रोहित काफ्ले, वेणुप्रसाद अधिकारी, सागर गौतम निर्बिरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । त्यस्तै केन्द्रीय परिसद महिला सदस्य तर्फ भिमा कुमारी सिवाकोटी र रोजिना गौतम निर्विरोध निर्वाचित हुँदा केन्द्रीय परिसद जनजाति सदस्य तर्फ दिपिन राई निर्विरोध निर्वाचित हुनु भएको छ ।
त्यस्तै केन्द्रिय परिषद खुला सदस्य तर्फ भएको निर्वाचनमा कृष्ण हुमागाई, ज्ञानेन्द्र निरौला र गोपाल काफ्ले निर्वाचित हुनु भएको निर्वाचन समिति संयोजक दाहालले जानकारी दिनु भयो ।