बिर्तामोड, चैत २२ । नेपाल प्रेस युनियन नेतृत्वको लोकतान्त्रिक प्यानलले नेपाल पत्रकार महासंघको निर्वाचनमा झापाबाट बिजयी शुरुवात गरेको छ । आज भएको उम्मेद्वारी दर्तामा झापा शाखामा युनियनको नेतृत्वको प्यानलमा दुई सदस्य पदमा निर्विरोध हुँदै विजयी शुरुवात गरेको छ ।
आइतवार भएको मनोनयनमा झापा शाखाको कार्यसमिति सदस्य महिला सदस्य पदमा प्रेस युनियनकी झापाकी सहसचिव स्वस्तिका आचार्य र प्रेस संगठनबाट कार्यसमिति मधेशी सदस्यमा सन्तोष शर्मा निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित हुनेहरुको औपचारिक घोषणा हुन भने वाँकी छ ।
यसैबीच नेपाल पत्रकार महासंघको चैत २५ गते हुने निर्वाचनका लागि झापा शाखाको अध्यक्ष पदमा झापामा तीन जनाको उम्मेद्वारी परेको छ । एकराज गिरी, तीर्थ सिग्देल र विशाल नेम्वाङको अध्यक्षमा उम्मेद्वारी परेको हो ।
नेपाल प्रेस युनियनका गिरी, प्रेस चौतारी ओली समुहका नेम्वाङ र प्रेस चौतारी माधव समुहका सिग्देलले झापाको अध्यक्षका लागि उम्मेद्वारी दिएका छन ।
त्यस्तै खुल्ला उपाध्यक्षका एक पदका लागि चार जनाको उम्मेद्वारी परेको छ । जसमा नेपाल प्रेस युनियन नेतृत्वको समूहबाट केशव भट्टराई, प्रेस चौतारी (ओली समूह)बाट गोपाल झापाली, प्रेस चौतारी (माधव समूह)बाट मुक्ति पौडेल र नेपाल खेलकुद पत्रकार मञ्च झापाका अध्यक्ष हिमालचन्द्र खरेलको समेत उपाध्यक्षमा उम्मेद्वारी परेको छ ।
त्यस्तै महिला उपाध्यक्षमा एक पदका लागि दुई जनाको उम्मेदवारी परेको छ । प्रेस युनियनकी सुशीला संग्रौला र प्रेस चौतारी (ओली समूह)की सावित्रा दाहालको उम्मेदवारी छ ।
सचिव पदमा तीन जनाको उम्मेद्वारी परेको छ । नेपाल प्रेस युनियनको समूहबाट प्रेस संगठनका डिकेश लामा, प्रेस चौतारी माधव समूहबाट सुव्रत न्यौपाने र प्रेस संगठनकै वागी उम्मेद्वारका रुपमा प्रेमकुमार आचार्यको उम्मेद्वारी परेको छ ।
सहसचिव खुल्ला सदस्यमा प्रेस युनियनको नेतृत्व समूहबाट प्रेस संगठनका राजु पाठक र प्रेस चौतारी ओली समूहका विनोद सापकोटाको उम्मेद्वारी छ ।
समावेसी सह सचिवमा एक पदका लागि तीन जनाको उम्मेदवारी छ । जसमा प्रेस युनियनका अर्जुन राजवंशी, प्रेस संगठनका पार्थ मण्डल र प्रेस नेपालका देशराज नेम्वाङको उम्मेदवारी परेको छ ।
कोषाध्यक्षमा दुई जनाको उम्मेद्वारी परेको छ । युनियनकै तर्फबाट मिडिया नेपालका रञ्जीत प्रसाई र प्रेस चौतारी ओली समूहका रमेश तिवारीको उम्मेद्वारी रहेकोछ ।
त्यस्तै दलित सदस्यमा रञ्जीत परियार, नरेश खाती, किशोर उपरकोटीको उम्मेद्वारी परेको छ भने जनजाति सदस्यमा शेसेहाङ फियाक र राजन साम्पाङको उम्मेद्वारी परेको छ ।
खुल्ला सदस्यहरुमा रामप्रसाद निरौला, सुनिरा मैनाली, अनिल वाग्ले, भूमिराज पराजुली, सृजन घिमिरे, अच्युतराज सुवेदी, देवीप्रसाद गौतम, द्रोण अधिकारी, सुष्मा राजवंशी, चिरञ्जीवी घिमिरेको उम्मेद्वारी परेको छ । त्यस्तै विष्णुप्रसाद पौडेल, मनिषा चम्लगाई, होमप्रकाश अधिकारी, डम्वर वराल,विनोद पाण्डे, सुदीप अधिकारी, शिशिर चम्लगाई, तीलक तामाङ योन्जन, जशोदा राजवंशीले पनि खुल्ला सदस्यमा उम्मेद्वारी दिएका छन् ।
त्यस्तै प्रदेश परिषद सदस्य समावेशीमा सन्तोष अग्रवाल, पुजनकुमारी आचार्य, मनकुमार शर्मा, प्रदीप परियार, आत्माराम राजवंशी, पुकारचन्द्र राजवंशीले उम्मेद्वारी दिएका छन् ।
त्यस्तै इश्वर अधिकारी, उमानाथ भण्डारी, सागर गौतम, राजकुमार ओली, रोहित काफ्ले, राजु पौडेल, डिल्लीराम घोर्साई, तुलसीप्रसाद निरौला, वेणुप्रसाद अधिकारी, उत्तम नेपाल, टिकाराम उप्रेतीले प्रदेश परिषद सदस्यमा उम्मेद्वारी दिएका छन् ।
त्यसैगरी केन्द्रीय परिषद सदस्य महिलामा अम्वििका भण्डारी, रेजिना गौतम, भीमा शिवाकोटीले उम्मेद्वारी दिएका छन् भने केन्द्रीय परिषद सदस्य जनजातिमा दीपिन राईको उम्मेद्वारी परेको छ । त्यस्तै केन्द्रीय परिषद सदस्यमा ज्ञानेन्द्र निरौला, डण्डीराज घिमिरे(विवेक),चेतन अधिकारी, गोपाल काफ्ले, कृष्ण हुमागाई र लक्ष्मण ढकालले उम्मेद्वारी दिएको निर्वाचन समितिले जनाएको छ ।