मेचीनगर, चैत २२ । काकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको कार्यसमिति तथा लेखा समितिको आगामी ३ बर्षे कार्यकालका लागि शनिबार भएको निर्वाचनको परिणाम मिश्रित आएको छ । दलिय गठबन्धनका आधारमा उम्मेद्वारी दिएको भए पनि मतगणनाको अन्तिम परिणामका आधारमा बिभिन्न पदमा सबै दलका उम्मेद्वार बिजयी भएका छन ।
मतगणनाको अन्तिम परिणाम अनुसार काकरभिट्टा खानेपानीको अध्यक्ष पदमा एमाले ओली समुहका राजकुमार पराजुली बिजयी हुनु भएको छ । अध्यक्ष पदका काँग्रेसका उम्मेद्वार हर्क फ्याक भन्दा ८८ मत बढी ल्याएर पराजुली बिजयी हुनु भएको हो । फ्याकले १५०४ मत ल्याउँदा पराजुलीले १५९२ मत प्राप्त गर्नु भएको निर्वाचन समितिले जनाएको छ । अध्यक्षका अर्का प्रत्यसी संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्च लिलानाथ आङदेम्बेले २०७ मत ल्याउनु भएको छ ।
त्यसै गरी उपाध्यक्षमा नेकपा एमाले माधब नेपाल समुहका गोबिन्द गिरीले १४४१ मत ल्याएर बिजयी हुनु भएको छ । उपाध्यक्ष पदका माओबादीका उम्मेद्वार रिमादेवी खरेलले ९०० मत ल्याउनु भएको थियो । त्यस्तै संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चका उपाध्यक्ष पदका उम्मेद्वार राजु चेम्जोङले २८२ र उपाध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दिनु भएका कृष्ण सुवेदीले ४४८ मत प्राप्त गर्नु भएको छ ।
सचीबमा जनता समाजबादी पार्टीका दिलिपजङ सुब्बा १४१५ मत ल्याएर बिजयी हुनु भएको छ भने सचिवका अर्का उम्मेद्वार राप्रपाका चन्द्रप्रसाद निरौलाले १३३५ र संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चका चन्द्रकुमार राईले ४१९ मत ल्याउनु भएको छ ।
कोषाध्यक्षमा नेपाली काँग्रेसका उम्मेद्वार मिनाकुमारी कटुवाल १४९२ मत ल्याएर बिजयी हुनु भएको छ । कोषाध्यक्षका अन्य उम्मेद्वारहरु एमालेका हेमा सिटौलाले १२५३ र संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चका भवानी महतले २८४ मत प्राप्त गर्नु भएको छ ।
खानेपानीको कार्यसमिति ५ जना सदस्य पदका लागि भएको निर्वाचनमा ३ जना एमाले र २ जना काँग्रेसका उम्मेद्वार बिजयी भएका छन ।
तेस्तै लेखा समिति संयोजकमा राप्रपाका जीवन कुमार थापा १५२३ मत ल्याएर बिजयी हुनु भएको छ । लेखा समिति संयोजकमा काँग्रेसका उम्मेद्वार कृष्ण कट्टेलले १३८४ मत प्राप्त गर्नु भएको छ ।
लेखा समिति सदस्यमा काँग्रेसका इन्दीरा बुढाथोकी र जसपाकी मिरा कार्की बिजयी हुनु भएको छ ।