मेचीनगर, चैत १३ । काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाको आगामी चैत २१ गते हुने निर्वाचनका लागि अध्यक्ष पदमा ४ जनाको उम्मेद्वारी परेको छ ।
राजनितिक दलहरु बिच भएको गठबन्धनका आधारमा काँग्रेस, माओबादी र जसपाको तर्फबाट हर्क फ्याक, एमाले र राप्रपाको तर्फबाट राजकुमार पराजुली, संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चको तर्फबाट लिलानाथ आङदेम्वे र स्वतन्त्र रुपमा गणेशकुमार खरेलले अध्यक्षमा उम्मेद्वारी दर्ता गराउनु भएको छ ।
संस्थाको ९ जना कार्यसमिति र ३ जना लेखा समितिसहित १२ पदका लागि ३३ जनाले उम्मेद्वारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।
काँग्रेस, माओबादी र जसपाको लोकतान्त्रीक प्यानलको तर्फबाट उपाध्यक्ष पदमा माओवादी केन्द्रकी रिमादेवी खरेल, सचिव पदमा जनता समाजवादी पार्टीका दिलीपजंग सुब्बा र कोषाध्यक्षमा काँगेसको तर्फबाट मीना कटुवाल छन ।
त्यसैगरी खुल्ला महिला सदस्य तर्फ काँग्रेसबाट पार्वती खड्का, जसपाबाट जसना राजबंशी, क्षेत्रगत उम्मेद्वारीमा वडा नम्बर ३, ४ र ५ बाट काँग्रेसका केदारजंग भट्टराई , ६ नम्बर वडाबाट माओवादी केन्द्रका तर्फबाट शेरबहादुर थापा (शेखर काजी) तथा वडा नम्बर ७ र ८ बाट काँग्रेसका सुरेश भट्टराईको उम्मेद्वारी परेको छ ।
त्यस्तै लोकतान्त्रीक प्यानलबाट लेखा संयोजकमा जसपाबाट कृष्ण कट्टेल, महिला सदस्यमा जसपाबाट मिरा कार्की र खुल्ला सदस्यतर्फ इन्दिरा बुढाथोकी अधिकारीले उम्मेद्वारी दिएका छन ।
एमाले र राप्रपाको संयुक्त गठबन्धनका तर्फबाट उपाध्यक्ष पदमा गोबिन्द गिरी, सचिवमा चन्द्रप्रसाद निरौला र कोषाध्यक्षमा हेमा सिटौलाले उमेद्वारी दिएका छन ।
त्यस्तै खुल्ला महिला सदस्य पदमा दुर्गादेवी भेटवाल, मिनमाया लिम्बू सुब्बा, सदस्यहरुमा रविन राउत, प्रितम काफ्ले र नारायण काफ्ले छन । लेखा समिति संयोजकमा जीवन थापा तथा सदस्यहरुमा सीता राई र टोलबहादुर सुनार (नारायण) उम्मेद्वारी दिएका छन ।
यस्तै संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चका तर्फबाट अध्यक्षमा आङदेम्वे सहित उपाध्यक्ष पदमा राजु चेम्जोङ, सचिवमा चन्द्रकुमार राई र कोषाध्यक्षमा भवानी महत तथा सदस्यहरुमा प्रकाश गुरुङ र भवानी विक्रम तुम्वाहाम्फेले उम्मेद्वारी दिएका छन ।
स्वतन्त्र उम्मेद्वारको रुपमा अध्यक्ष पदमा उम्मेद्वारी दिएका खरेल सामाजिक क्षेत्रमा क्रियाशिल व्यक्ति हुनुहुन्छ । स्वतन्त्र रुपमा उपाध्यक्ष पदमा कृष्ण सुवेदी र सचिव पत्रकार लक्ष्मी उप्रेतीले मनोनयन दर्ता गराएका छन ।
काँग्रेस, माओबादी र जसपाको गठबन्धनको तर्फबाट अध्यक्षका उम्मेद्वार फ्याक खानेपानीका बर्तमान अध्यक्ष हुनुहुन्छ भने एमाले राप्रपा गठबन्धनबाट अध्यक्षका उम्मेद्वार पराजुली संस्थाका बर्तमान सचिव हुनुहुन्छ ।