काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आसन्न निर्वाचनका लागि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट संयुक्त उम्मेद्वार घोषणा गरेका छन ।
निर्वाचन परिचालन समिति संयोजक देवकुमार राई र राष्ट्रिय प्रजातन्त्र पार्टी मेचीनगर अध्यक्ष सबिना बजगाईंद्वारा संयुक्तरुपमा हस्ताक्षरित विज्ञप्तीमार्फत संयुक्त गठबन्धनका तर्फबाट अध्यक्षमा राजकुमार पराजुली, उपाध्यक्षमा गोबिन्द गिरी, सचिवमा चन्द्रप्रसाद निरौला र कोषाध्यक्षमा हेमा सिटौलालाई उम्मेद्वार बनाइएको छ ।
त्यस्तै महिला सदस्यमा दुर्गादेवी भेटवाल, मिनमाया लिम्बू सुब्बा, सदस्यहरुमा रविन राउत, प्रितम काफ्ले र नारायण काफ्लेलाई पठाएको छ । लेखा समिति संयोजकमा जीवन थापा, सदस्यहरुमा सीता राई र टोलबहादुर सुनार ‘नारायण’ रहेका छन ।
एमालेका ओली समुहका अध्यक्षका उम्मेद्वार पराजुली काकरभिट्टा खानेपानीका बर्तमान सचिव हुनुहुन्छ । उपाध्यक्षका उम्मेद्वार गिरी र कोषाध्यक्षका उम्मेद्वार सिटौला एमाले माधव नेपाल समुहका हुनुहुन्छ भने सचिवका उम्मेद्वार निरौला राप्रपाका हुनुहुन्छ ।
काँकरभिट्टा खानेपानीको चैत २१ गते शनिबार हुने निर्वाचनका लागि आज बिहान ११ बजेदेखि उम्मेद्वार मनोनयन हुने निर्वाचन समितिले जनाएको छ ।
मेचीनगरका वडा नम्बर ३, ४, ५, ६, ७ र ८ मा पाइपलाइन विस्तार गरी काँकरभिट्टा खानेपानी संस्थाले पानी वितरण गरिरहेको छ ।