तत्कालीन समयमा राजालाई सल्लाह दिदै मिक्यावेलीले आफ्नो एक पुस्तकमा लेखेकी थिईन ‘अति गोप्य र महत्त्वपूर्ण कुरा मित्रलाई पनि नसुनाउनु र अति तुत्छ र अभद्र किसिमले दुश्मनलाई पनि गाली नगर्नु । किनकि मित्र कुनै पनि वेला शत्रुमा बदलिन सक्दछ र त्यो वेला आफैंलाई संकट पर्न सक्दछ । त्यसैगरी कुनै पनि वेला शत्रु पनि मित्रमा बदलिन सक्दछ र त्यो वेला उसँग सहकार्य गर्नलाई नैतिक संकट पर्न सक्दछ ।’ त्यसैगरी जननेता मदन भण्डारीले पनि भनेका थिए, ‘राजनीतिमा कोही स्थाई शत्रु र कोही स्थाई मित्र हुदैन ।’ वर्तमान नेपाली राजनीतिक परिवेशमा उक्त भनाईहरु कति सान्दर्भिक रहेछन भन्ने कुराको नै पुष्टि भईरहेको छ । त्यसैकारण त हामीले जोड दिदै आएका थियौं कि सवैप्रकारका आरोप प्रत्यारोपहरु, छुद्र व्यक्ति तथा दलगत स्वार्थहरु भन्दा माथि उठ्दै अहिलेसम्मका उपलब्धिहरुको जगमा टेकेर नै मुलुकको स्थाई निकास, शान्ति र समृद्धिको थप तथा नयाँ एजेन्डाहरुका विषयहरुमा सौहार्दपुर्ण छलफल वहस गर्दै गोलबन्द हुनसक्ने शक्तिहरु धुर्वीकृत हुँदै गई यश विषयमा राष्ट्रिय सहमति निर्माण गर्न प्रयत्न गर्नु पर्छ र यो नै अहिलेको मुख्य आवश्यकता पनि हो भनेर।र फेरिपनि हामी यही विषयमा सम्पुर्ण परिवर्तनशिल शक्तिहरुमाझ गंभीर ध्यानाकर्षण गराउन चाहन्छौं ।
अर्को विषय पनि हामी आम जनतामा के प्रष्ट पार्न चाहन्छौं भने यतिबेला नेपाली राजनीतिक परिस्थितिमा तिनथरी सोच भएका शक्तिहरु विद्यमान छन । एक थरी जो अहिलेसम्मको विभिन्न आन्दोलन र युद्धहरु मार्फत प्राप्त उपलब्धिहरु मन नपराउने शक्तिहरु छन जसलाई हामी राजनैतिक भाषामा प्रतिक्रियावादी भन्ने गर्छौ । दोस्रो वर्तमान उपलब्धि नै सबथोक हो र यसबाट कत्ति पनि टसको मस गर्न हुदैन भन्ने सोच भएका शक्तिहरु छन जसलाई हामी राजनैतिक भाषामा यथास्थितिवादी भन्ने गर्दछौं । र तेस्रो पहिलेको भन्दा तुलनात्मक रुपले अहिलेको उपलब्धि ठिक छ तर यति नै मात्र पुर्ण तथा पर्याप्त छैन त्यसकारण आम जनता तथा सबै परिवर्तनप्रेमी शक्तिहरुमाँझ सौहार्दपुर्ण ठंगले वहस छलफल चलाउदै जनादेश बमोजिम नै थप उपलब्धिहरु हासिल गर्ने सोच राख्दछ जसलाई हामी राजनैतिक भाषामा क्रान्तिकारी तथा अग्रगामी भन्ने गर्दछौं।यहाँ पहिलो शक्ति अनेक बहनामा मुलुकलाई पछाडि धकेल्ने कदमको तयारीमा छ र त्यसको लागि अनुकुल मौका कुरेर बसेको छ । जसलाई हामी प्रतिगमन पनि भन्ने गर्छौं जो समाजको गतिशीलता विपरीत मात्र छैन स्वतन्त्रताको निम्ति खतरनाक पनि छ।दोस्रो शक्ति यथास्थितिको नाममा मुलुकलाई सदा अस्थिरतामा राखी वेथीति,भ्रष्टाचार,दण्डहीनता,गरीबी, वेरोजगार लगायत तमाम खालका विकृति विसंगतिलाई टेवा दिन पुग्दछ जो स्थिरता,न्याय,सुशासन,शान्ति र समृद्धिको विपरीत मात्र छैन अन्तत प्रतिक्रियावादी शक्तिहरुकै षड्यन्त्रको योजनालाई सफल पार्ने पृष्ठभूमि पनि तयार पार्ने कार्यमा सामेल हुन पुग्दछ । तेस्रो क्रान्तिकारी शक्तिले प्राप्त उपलब्धहरुलाई रक्षा गर्दै जनताका सबै तह र तप्काका आवश्यकता, चाहाना र भावनाहरुलाई समेटी,उनीहरुलाई गोलबन्द गर्दै उनीहरुबाटै अनुमोदित भई राज्ययन्त्र मार्फत संवोधन गर्ने प्रयत्न गर्दछन । यसो गर्नु क्रान्तिकारीहरुका निम्ति कर्तव्य तथा गहन जिम्मेवारी पनि हो ।
तर क्रान्तिकारी तथा अग्रगामी शक्तिहरुका विषयमा पनि केही महत्त्वपूर्ण तथा जटिल प्रश्नहरु भने अवश्य छन । कसलाई क्रान्तिकारी तथा अग्रगामी भन्ने ? अनि ती शक्तिहरु राज्यको नेतृत्व गर्ने स्थानमा पुगेपछि संधै किन आफ्नो उदेश्यबाट च्युत हुन्छन ?साँच्चै नै यो प्रष्न वर्तमान स्थितिमा झनै पेचिलो बन्दै गएको छ । यसको स्पष्ट जवाफ आफुलाई क्रान्तिकारी भन्नेहरुले बिना संकिर्णता बिना पुर्वाग्रह गंभीर आत्मसमिक्षा गरेर मात्रै दिन सक्छन । हामीले विभिन्न कालखण्ड र संकटहरु पश्चात राज्य व्यवस्था तथा प्रणालीहरु बदल्यौं । पुर्ण नभए पनि राज्यका संरचनाहरु पनि बदल्यौं । तर राज्यको र त्यसको नेतृत्वको चरीत्र तथा प्रवृत्ति चै कहिल्यै बदलेनौं वा बदल्ने कोशिश नै गरेनौं।यो पहिलो समीक्षा । दोस्रो,हामी नेतृत्वको पंक्तिवाट हिजो आफैंले उठाएका एजेन्डा तथा प्रतिबद्धताहरु सत्ताको सुविधाहरुमा भुलिएर विर्सेनौ मात्र त्यसलाई छाडि नै दियौं । अनि हामी समस्त कार्यकर्ताहरु पनि तिनै नैतिक रुपमा स्खलित नेतृत्वका अन्धानुभक्त मात्र भयौं र कोही आधुनिक धोवीहरु निस्केनौ ती नेताहरुका गलत हर्कतहरु माथि प्रष्न उठाउने । तेस्रो र महत्त्वपूर्ण समिक्षा,प्रतिक्रियावादीहरुबाट कुनैवेला खुलेआम त कुनैवेला फरक फरक रुप र रङ्ग मार्फत वर्तमान उपलब्धि र संविधानमाथि धावा बोली सक्दा पनि अग्रगामी शक्तिहरुबाट चै नयाँ तथा अग्रगामी नीती तथा एजेन्डा मर्फत पहलकदमी लिन नसक्नु वा ठिला गर्नु ।
अतः हरेक परिस्थितिले नकारात्मक तथा सकारात्मक पहलुलाई सँगै लिएर आएको हुन्छ । नकारात्मक उर्जा भएकाहरुले यही स्थितिमा टेकेर प्रतिगमन गर्न खोज्छन त्यो उनीहरूको चरित्र तथा धर्म हो र यो समाजको गतिशीलताको प्राकृतिक नियम विपरीत भएकाले असफल हुने निश्चित पनि छ । सकारात्मक उर्जा भएका क्रान्तिकारी शक्तिहरुले यही स्थितिमा टेकेर मुलुकलाई अग्रगमन तर्फ लैजान प्रयत्न गर्छन र सफल हुन्छन यो पनि उनीहरूको चरित्र तथा धर्म हो र यो समाजको गतिशीलताको प्राकृतिक नियम बमोजिम हुनाले सफल हुने पनि निश्चित छ ।
अन्त्यमा हिन्दीमा एक कहावत छ ‘नजर नहीँ नजरिया बदलके देखो दुनियाँ बदल जाएगी ।’ दृष्टि हैन दृष्टिकोण बदल्यौं भने यहाँ सब ठिक हुन्छ । सिर्फ दृष्टिकोण । हिजो बेठीक भएको चिज आज ठीक हुने रहेछ । हिजो बेथिति रहेको कुरो आज थितिमा परिणत हुन सक्ने रहेछ । ठीक भनेका रहेछन मिक्यावेली र मदन भण्डारीले । यहाँ सबथोक सापेक्ष रहेछ सिवाय अस्तित्व वाहेक । यसै सन्दर्भमा ओशोको भनाई छ ‘साधुको पनि विगत हुन्छ र अपराधीको पनि भविष्य हुन्छ ।’ भनाईको तात्पर्य हिजो सहि रहेको चिज आज गलत पनि हुन सक्दो रहेछ, हिजो गलत रहेको चिज आज सहि पनि हुन सक्दो रहेछ र आज सहि रहेको चिज भोलि उही रहन नसक्दो रहेछ अनि आज गलत रहेको चिज भोलि सहि हुन पनि सक्दो रहेछ।यसै सुत्रको आधारमा नै माथिको अनुत्तरित कसलाई क्रान्तिकारी तथा अग्रगामी भन्ने प्रष्नको जवाफ लुकेको छ र वर्तमान तथा भावी स्थितिमा एजेन्डा र भुमिकाको आधारमा अग्रगामी तथा क्रान्तिकारी शक्तिको पहिचान छुट्याउन सचेत नागरिकलाई कुनै गाह्रो हुनेछैन । जय जनार्दन ।
१) स्थिरताको लागि जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गरौं ।
२) समृद्ध राष्ट्रको निम्ति विशेषज्ञहरुलाई मन्त्रीपरिषदमा नियुक्तिको व्यवस्था गरौं ।
३) नियमनकारी भुमिकाको निम्ति चुस्त जनप्रतिनिधि सभाको चयन गरौं ।
धन्यवाद