ग्रामिण परिवेश र शिक्षाको उज्यालोबाट बन्चित नारीहरु माझ भने नारी मुक्ति बिषयसंग जोडिएको नारी दिवसले प्रभाव जमाउन अझै सकेको छैन । पिछ्डा बर्ग, राज्यले समेत अपहेलना गरेको दुर दराजका कैयो दुर्गम बस्तीमा पुरुषहरुको अवस्था नै दयनीय छ भने नारी रा बाल बालिकाहरुको अवस्था त कल्पना गर्दा मात्र पनि आत्मा नै कम्पन गराउने खालको छ ।
बिगत देखि बर्तमानसम्म पनि नेपाल भित्र अन्तराष्ट्रिय नारी दिवस, महिला हिँसा र लैगिक विभेद अन्त्य गरिनु पर्ने बिषयमाथी केन्द्रित थियो र छ पनि । अन्तराष्ट्रिय स्तरबाट नै पनि महिला हिँसा रोक्ने माग गर्दै बिभिन्न खाले कार्यक्रमहरु भई रहेको पनि देखिन्छ । हाम्रो देश नेपालको सन्दर्भमा भने जति नै महिला अधिकार र हिँसा विभेद अन्त्य गर्नु पर्ने नीति निर्माण भएता पनि, दिनानु दिन महिलाहरु माथि बर्बर हिँसा भई रहेको छ । यसरी महिला हिँसा बढ्नुको मूल कारण राज्यको कमजोर कानूनी प्रक्रियाको साथसाथै, सामाजिक, धार्मिक र संस्कृतिक कारणहरु नै मुख्य जिम्मेवार छन ।
घर भित्र देखि विभेद खेप्दै नारी समाजको मैदानसम्म बिभिन्न खाले जायज नाजायज नीति नियमको शिकार बन्दै प्रताडित भई रहेकी छिन । यद्यपी पिढी जति सुकै परिबर्तन भए पनि ,समाज जतिसुकै शिक्षित भए पनि र सभ्य भए पनि नारी प्रतिको सामाजिक सोच भने पुरानै संस्कारको घेरा भित्र कैद छ अझै पनि । पुरातनबादी सोच र पुरुषबादी मानासिकतामा शुद्दीकरण नभएसम्म नारी मुक्ति कतै सम्भव छैन ।
आज अन्तराष्ट्रिय नारी दिवस मनाई रहदा इतिहासकै पहिलो शक्तिशाली दुई तिहाईको सरकारलाई फेरि प्रश्न नउठोस रास्ट्रपति महिला नै हुनुहुन्छ तर दुई तिहाईको आडम्बर ओढेर निर्मला काण्ड जस्ता धेरै काण्ड यथावत राखेर आज मनाई रहेको नारी दिवसले के अर्थ दिन्छ सरकार ?
जबसम्म राजनितिक अधिकारमा महिलाको पहुँच बिस्तार हुँदैन तबसम्म महिला हक र अधिकार कानूनका पन्नाबाट ब्यवहारमा उतार्न सकिदैंन । अहिलेको अवस्था हेर्दा देशका ७५३ स्थानीय तह मध्ये जम्मा १८ वटा स्थानीय तहको नेतृत्व मात्रै महिलाको हातमा छ । झापाकै कुरा गर्दा जिल्लाका १३१ वडाहरुमा जम्मा २ वटा वडा अध्यक्ष मात्रै महिला हुुनुहुन्छ भने एउटा स्थानीय तह महिलाको नेतृत्वमा सञ्चालनमा छ । यसरी हेर्दा अधिकार प्राप्तीको आन्दोलनमा अगाडी रहेका महिलाहरु राज्यका संयन्त्रहरुमा भने न्यून मात्र नेतृत्व तहमा पुग्छन वा पुर्याइन्छन । त्यसैले अधिकार कानूनमा मात्रै भएर पुगेन अब कार्यान्वयन तहमा पनि महिला नेतृत्व स्थापित गराउन जरुरी छ ।
नारी दिवस फर्केर हरेक साल आउछ नारा लगाइन्छ तर तेसकै भोलि पल्ट नारीमा अत्यचार आउँछ ।
नारी दिवसको दिन मात्रै किन सम्मान गर्छौ नारीको ? पटकपटक नारी नै लुटिएको अखबार जो आउँछ । प्रतेक बर्ष अन्तराष्ट्रिय नारी दिवस मान्नुको पछाडी कुनै खुशियालीको उत्सव थिएन र छैन पनि तर कामना गरौ भविष्यमा खुशियालीको उत्सव बनोस भनेर । महिला हक अधिकार र स्वतन्त्रताका लागि नारी दिवस नै कुर्न नपरोस ।
१११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना ।