बिर्तामोड, फागुन १७ ।
बिर्तामोड उद्योग वाणिज्य संघमा अध्यक्ष सहित बहुमत पदाधिकारी र सदस्यहरु लोकतान्त्रीक प्यानलका उम्मेद्वार बिजयी भएका छन । हिजो सम्पन्न निर्वाचनको आज सम्पन्न मतगणना परिणाम अनुसार अध्यक्षमा लोकतान्त्रीक प्यानलका प्रकाश शिवाकोटी बिजयी हुनु भएको छ । मतगणनाको अन्तिम परिणाम अनुसार शिवाकोटीले २१३९ मत प्राप्त गरी बिजयी हुनु भएको मुख्य निर्वाचन अधिकृत शेखर ढकालले जानकारी दिनु भयो । अध्यक्षका अर्का प्रतिस्पर्धी संयुक्त व्यवशायीक प्यानलका सुवास भट्टराईले १६१५ मत प्राप्त गर्नु भएको छ ।
संघका जम्मा ४५३९ मतदाता मध्ये ३८४९ मत खसेकोमा बरिष्ठ उपाध्यक्षमा लोकतान्त्रीक प्यानलका राजु न्यौपाने बिजयी हुनु भएको छ । न्यौपानेले २११६ मत प्राप्त गर्दा वहाँका प्रतिस्पर्धी संयुक्त प्यानलका उम्मेद्वार नारायणप्रसाद चिमरियाले १५९२ मत प्राप्त गर्नु भयो ।
त्यस्तै वाणिज्य उपाध्यक्षमा लोकतान्त्रीक प्यानलका राजकुमार घिमिरे (राजु)ले २२७८ मत प्राप्त गरी बिजयी हुनु भएको छ भने वहाँका प्रतिस्पर्धी संयुक्त प्यानलका उम्मेद्वार रामकृष्ण अधिकारीले १३२३ मत प्राप्त गर्नु भएको छ ।
आगामी तीन बर्षे कार्यकालका लागि भएको निर्वाचनमा उद्योग उपाध्यक्षमा लोकतान्त्रीक प्यानलका सञ्जीव घिमिरेले १९४० मत ल्याइ बिजयी हुनु भएको छ । वहाँका प्रतिस्पर्धी संयुक्त प्यानलका प्रकाश घिमिरेले १७१८ मत प्राप्त गर्नु भएको छ ।
संघको महासचिवमा र उद्योग सचिवमा भने संयुक्त ब्यवशायीक प्यानलका उम्मेद्वार बिजयी हुनु भएका छन । महासचिवमा अर्जुनकुमार मैनालीले १८४३ मत प्राप्त गरी बिजयी हुनु भएको छ । वहाँका प्रतिस्पर्धी लोकतान्त्रीक प्यानलका रबिन्द्र भट्टराईले १८१७ मत प्राप्त गर्नु भएको छ । महासचिवमा २६ मतको फरकमा संयुक्त प्यानलका उम्मेद्वार मैनाली बिजयी हुनु भएको हो ।
त्यस्तै वाणिज्य सचिवमा संयुक्त प्यानलकै कृष्ण पौडेलले १९६६ मत प्राप्त गरी बिजयी हुनु भएको छ भने वहाँका प्रतिस्पर्धी लोकतान्त्रीक प्यानलका राजकुमार शाहले १६७४ मत प्राप्त गर्नु भएको छ । त्यसैगरी उद्योग सचिवमा लोकतान्त्रीकका कुसल खतिवडाले २५५० मत प्राप्त गरी बिजयी हुनु भएको छ भने वहाँका प्रतिस्पर्धी संयुक्त प्यानलका ध्रुवबहादुर डाँगीले १०६३ मत प्राप्त गर्नु भएको छ ।
संघको कार्य समिति सदस्य तर्फ खुल्ला सदस्यमा गुन्जन प्रसाई (२००८), गौरीशंकर गुप्ता (१७९०), जीवनकुमार खडका (१९१८), दिपक मित्तल (१८९९), पुष्कर बराल (२०००), बलराम सिटौला (१८६१) र बिशाल थापा (२०९९) बिजयी हुनु भएको निर्वाचन समिति सदस्य केशब भट्टराईले जानकारी दिनु भयो ।
त्यस्तै महिला सदस्य तर्फ लोकतान्त्रीक प्यानलका तुलशा खनाल ढकालले (२१९५) र संयुक्त प्यानलका रुची शिवाकोटी (२०७६) बिजयी हुनु भएको छ ।
नेपाली काँग्रेस निकटका ब्यवशायीहरु लोकतान्त्रीक प्यानलबाट उम्मेद्वारी दिएर चुनावी मैदानमा थिए भने नेकपा र राप्रपा निकट ब्यवशायीहरु संयुक्त ब्यवशायीक प्यालन बनाएर चुनामा होमिएका थिए ।
ब्यवशायीहरुको चुनावी रणनितिमा भने अध्यक्ष र बहुमत पदाधिकारी तथा सदस्यहरु निर्वाचित गराएर नेपाली काँग्रेसले राजनितिक बाजी मारेको छ ।
ब्यवशायीहरु बिच चुनावी प्रतिस्पर्धा भए पनि दलका नेताहरुले यो चुनावलाई दलिय प्रतिष्ठा बनाएका कारण पनि बिर्तामोड उद्योग वाणिज्य संघको चुनावले नगर निर्वाचनको झल्को दिएको थियो ।