चन्द्रगढी, फागुन ३ ।
नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संसद विघटन गभ्भिर घट्ना भएको बताउँदै यो संविधान नै भंग गर्ने कामको प्रारभ्भ भएको बताउनु भयो । नेपाली काँग्रेसले आज झापाको सदरमुकाम चन्द्रगढीमा आयोजना गरेको बिरोध सभामा बोल्दै काँग्रेसका पुर्व महामन्त्री समेत रहनु भएका नेता सिटौलाले भन्नुभयो, ‘यो सामान्य घट्ना होइन, यो जनताले बनाएको लोकतान्त्रीक संविधान नै भंग गर्ने कार्यको प्रारभ्भ हो ।’
नेता सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले गभ्भिर गल्ती गरेको र तत्काल आत्मा आलोचना गरेर गल्ती सच्याउन पनि प्रधानमन्त्रीलाई आग्रह गर्नु भयो । ‘यो ब्यवस्था तपाइले मनपरी गर्न नेपाली जनताले रगत बगाएर ल्याएको होइन’ प्रधानमन्त्रीलाई लक्षीत गर्दै सिटौलाले भन्नुभयो, ‘संविधानको रक्षा गर्नकै लागि पनि अब संसद पुनस्थापना हुन्छ, संविधानको रक्षा गरेरै छाड्छौं । सेटिङ फेटिङ जान्दैनौं, संसद विघटन मान्दैनौं ।’
प्रधानमन्त्रीको असंवैधानिक कदम सर्बोच्च अदालतले रोक्ने पनि सिटौलाले बिश्वास ब्यक्त गर्नु भयो । ‘संसद विघटन भयो भने संविधान नै जोखिममा पर्छ’ सिटौलाले भन्नुभयो,‘अदालतले संविधान ट्रयाकमा ल्याउन पनि संसद पुर्नस्थापना गर्छ अनि संविधान ट्रयाकमा आउँछ ।’
बिरोध सभामा बाल्दै काँग्रेस केन्द्रीय सदस्य सुधिरकुमार शिवाकाटीले भाषण गरेर हिड्दैमा बलात्कारी र हत्यारा नियन्त्रणमा नआउने बताउनु भयो । प्रधानमन्त्रीको पछिल्ला भाषणका बिषय उठाउँदै न्याय खोजीरहेका परिवारलाई प्रधानमन्त्रीको भाषणले न्याय दिलाउन नसक्ने शिवाकोटीले बताउनु भयो ।
काँग्रेस केन्द्रीय सदस्य दिलिप राइले सत्ता र भत्तामा रमाएको सरकारले जनताको हितमा काम गर्न नसक्ने बताउनु भयो । काँग्रेसका अर्का केन्द्रीय सदस्य भारतेन्त्र कुमार मल्लीकले केपी ओली नेतृत्वको सरकार जनताको प्रगतीको बाधक भएको बताउनु भयो ।
नेपाली काँग्रेस झापा क्षेत्र नं. ३ का सभापति गणेश पाखरेलले स्वागत मन्तब्य राख्दै भद्रपुरस्थी नेपाल भारत सिमानाका तत्काल खुला गर्न पनि सरकारलाई आग्रह गर्नु भयो । पोखरेलले चन्द्रगढीमा निर्माण अधुरो रहेको गिरिजा प्रसाद कोइराला स्मृति भवनको निर्माण सम्पन्न गर्न पनि तत्काल बजेटको ब्यवस्था गर्न माग गर्नु भयो । काँग्रेस झापाका सभापति उद्धब थापाको अध्यक्षतामा भएको बिरोध सभा सचिव प्रेम सम्बाहाम्फेको सञ्चालनमा सम्पन्न भएको थियो ।