फेब्रुअरी १४ प्रेम गर्नेहरुका लागि बिशेष दिन अर्थात भ्यालेन्टाइन्स डे को रूपमा लिइन्छ । रोमका सन्त भ्यालेन्टाइनको सम्झनामा मनाइने दिवसको सम्झनामा मनाइन्छ यो दिन । सन्त भ्यालेन्टाइनको सम्झनामा प्रत्येक वर्ष फेब्रुअरी १४ लाई विश्वभरीका थुप्रै देशहरुमा भ्यालेन्टाइन्स डे अर्थात प्रणय दिवसको रुपमा मनाइन्छ । १४ फेब्रुअरीका दिन मनाइने यो दिवसमा प्रेम प्रस्ताव राख्ने, प्रेम सन्देशहरु लिने दिने र जीवनसाथी नै रोज्ने पनि गरिन्छ ।
यो दिन कहाबाट सुरुवात भयो, किन र कसरी मनाउने गरियो भन्ने कुरा कतिपय लाई अवगत नहुन पनि सक्छ । यसको कथा निकै अनौठा तथा रोमाञ्चक पनि छन । भ्यालेन्टाइन्स डे को पछाडी एउटा दुःखद इतिहास लुकेको छ, जुन हामी मध्ये कतिपय लाई जानकारी नहुन पनि सक्छ । यो दिन सुरु हुनुको पछाडी भ्यालेन्टाइनको देन त छ नै तर भ्यालेन्टाइन को हुन र उनको के योगदानले गर्दा यो दिनलाइ बिशेष रुपमा मनाउन थालियो ?
तत्कालिन रोमन सम्राट क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागेमा सैनिक सेवा प्रभावित हुन्छ भन्ने ठानेर प्रेम र विवाहमा प्रतिबन्ध लगाएका थिए । तर पादरी सेन्ट भ्यालेन्टाइन भने यो निर्णयलाई मानवधर्म विरुद्ध भएको ठान्थे । उनले सम्राटको आदेश विपरित युवायुवतीलाई प्रेम र विवाहको लागि प्रेरित गरे, थुप्रै जोडीहरुको लुकिछिपी विहे गराई दिन थाले । यसरी राजाज्ञा अवज्ञा गर्दै हिडेका कारण भ्यालेन्टाइन सम्राट क्लाउडियसको आदेशमा पक्राउ परे । उनलाई जेलमा थुनियो । मृत्युदण्डको सजाय सुनाइयो । जेलमा मृत्युलाई कुरेर बन्दी जीवन बिताइरहेका सेन्ट भ्यालेनटाइन जेलरकी दृष्टि बिहिन छोरीको प्रेममा परे । मृत्युदण्ड दिनु अघि भ्यालेन्टाइनले जेलर की दृष्टि विहिन छोरीको नाममा एक प्रेम पत्र लेखे । र त्यसको मुनी लेखे, ृीयखभ ाचयm थयगच ख्बभिलतष्लभे यससँगै उनले प्रेम पूर्वक फूल उपहार पठाए । मृत्यु अघि उनले जेलरलाई भने, ‘म मरेपछि मेरो आँखा तपाईकी आफ्नी दृष्टिबिहिन छोरीलाई दिनु ।’ ईसा पूर्व २७० को फेब्रुअरी १४ मा सेन्ट भ्यालेन्टाइनलाई मृत्युदण्ड दिइयो । यसरी प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा फेब्रुअरी १४ लाई भ्यालेन्टाइन डे को रूपमा मनाउन थालिएको हो भन्ने किंवदन्ती पाइन्छ ।
विश्वभरी नै उत्सवको रूपमा मनाउने यस दिवसको केही वर्ष अघि सम्म नेपालमा खासै चर्चा परिचर्चा नभए पनि पछिल्लो समय नेपाली युवा युवतीमा यस पर्वले गहिरोसँग जरा गाडिसकेको छ । यदि तपाईले पनि कसैलाई प्रेम गर्नु भएको छ । तर आफ्नो मनको कुरा उनलाई भन्न सक्नुभएको छैन भने फेब्रुअरी १४ तपाईको लागि उचित समय हुन सक्छ । किनकि यो दिनलाई प्रेम गर्नेहरुले बिशेष दिनको रुपमा हेर्छन । र यो दिनमा आएका प्रस्तावहरु लाई पनि प्रेम गर्नेहरुले सकारात्मक रुपमा नै लिन्छन त्यसैले फेब्रुअरी १४ को सुनौलो अवसर नगुमाउनुहोस ।
एउटाको मनमा तरंगित भएका विचार, भावना र अनुभुतिहरू अर्काको मनमा भएका विचार र भावनाहरूसंग मेल खाएर भित्रभित्रै प्रखर भएर आएर निरन्तर विकसित हुँदै गए भने प्रेम पलाएछ भन्न सकिन्छ । कसैले भेट गराई दिएर अथवा देखाई दिएर प्रेम हुँदैन अर्थात अभाव, प्रभाव र दवावमा अपन्त्व गरेको प्रेम देखावटी हो । त्यसैले समय चाहिन्छ र संवाद गर्नु पर्छ । संवाद बिनाको प्रेम र प्रेम बिनाको संवाद निरर्थक हुन्छ ।
वास्तविक प्रेम निस्वार्थ, र निश्चल हुन्छ । प्रेम एउटा अन्तर्निहित भावना र अनुभव हो । यो आँफै अकस्मात पलाउँछ र हुर्किँदै जान्छ तर यसलाई हुर्काउन मलजल आफै गर्नु पर्छ । सच्चाप्रेम निरपेक्ष हुन्छ । सच्चा प्रेमीले कुनै एक व्यक्ति विशेषलाई माया गर्दैमा अरूलाई घृणा कहिल्यै कदापि गर्दैन या भनौ सबै प्रति माया हुनु एउटा उच्च मानवीय गुण हो । प्रेमपूर्ण व्यक्तिले कसैबाट कुनै कुराको अपेक्षा गर्दैन अन्य सबै प्रति माया, स्नेह, करुणा र आदरभाव राख्छ । निष्कर्षमा प्रेम चाहेर हुने, चाहेर दिने र चाहेर गरिने होइन, यो त संवाद कति बेला, को सगँ र कसरी बस्छ थाहै हुदैन ।
सबैलाई प्रणय दिवसको सुभकामना