भद्रपुर, माघ ३० । नेपाल बार एशोसिएसन झापाको अध्यक्षमा हरि अधिकारी चयन हुनु भएको छ । झापा बारको आज सम्पन्न निर्वाचन प्रत्रियाबाट अधिकारीको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन भएको छ ।
एशोसिएसनको सभाहल चन्द्रगढीमा सम्पन्न कानुन व्यावसायीहरुको भेलाले आगामी दुई बर्षे कार्यकालका लागि उपाध्यक्षमा कमला आचार्य, सचिवमा हेमकला कट्टेल, सह सचिवमा देवीकुमारी निरौला र कोषाध्यक्षमा खगेन्द्र खरेललाई निर्विरोध निर्वाचित गरिएको हो ।
यसैगरि सदस्यहरुमा ज्ञानेन्द्रबहादुर कार्की, यज्ञलक्ष्मी चौंलागाई, चेतनाथ आचार्य, लेखनाथ निरौला, मोहनकुमार अधिकारी, विजय ढुङ्गाना, तारादेवी वाराकोटी, र उमाकान्त पोखरेललाई निर्विरोध निर्वाचित गरिएको निर्वाचन समितिका संयोजक सुरज खत्रीले जानकारी दिनु भयो ।
रामबहादुर थापा, शुरेशकुमार पोखरेल, प्रेमप्रसाद विमिली, बेनु प्रसाद सिटौला, नारायणप्रसाद चौंलागाई, असारुलाल राजबंशी र डमरबहादुर कार्कीलाई एशोसिएशनको केन्द्रिय पार्षदमा छनोट गरिएको निर्वाचन समितिले जानकारी गराएको छ ।
प्रजातान्त्रिक र प्रगतिशिल कानुन व्यावसायीबीच नेतृत्व छनौटमा आलोपाले गर्ने परिपाटी अनुसार नै नयाँ कार्यसमिति चयन गरिएको कानून ब्यवशायीहरुले बताउनु भएको छ ।