बिर्तामोड, माघ २७ ।
संसद विघटन बिरुद्ध प्रधानमन्त्री केपी शार्मा ओलीकै गृह जिल्ला झापाका पत्रकारले आज सडकमा प्रदर्शन गरेका छन ।
संसद विघटन प्रतिगमन हो भन्दै नेपाल प्रेस युनियन र प्रेस संगठन झापाको संयुक्त आयोजनामा झापाली सञ्चारकर्मीहरुले आज बिर्तामोडमा प्रदर्शन गरेका हुन ।
प्रतिगमन मुर्दाबाद, संविधानको रक्षा गर, संघिय लोकतान्त्रीक गणतन्त्र जिन्दाबाद, प्रेस बिरोधी कानून खारेजी गर, जनमतको सम्मान गर जस्ता नारा लगाउँदै झापाली पत्रकारहरुको र्यालीले आज बिर्तामोड बजार परिक्रमा गरी कोठ सभा समेत सम्पन्न गरेको छ ।
बिरोध र्याली पछिको कोण सभामा बोल्ने पत्रकार अगुवाहरुले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरी प्रधानमन्त्रीले संसद विघटन गर्नु प्रतिगमन हो भन्दै संवैधानिक संकटका बेला जहिले पनि प्रेस जगत त्यसको प्रत्यक्ष मारमा पर्ने भन्दै बिरोध जनाएका थिए ।
कोण सभामा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य गोबिन्दचन्द क्षेत्री, पुर्व केन्द्रीय सदस्य कृष्ण हुमागाई, प्रेस संगठनका प्रदेश १ का संयोजक राजन केडी, पत्रकार महासंघ झापा शाखाका सभापति तारामण्ी सापकोटा, प्रेस युनियन झापाका अध्यक्ष इन्दु पुर्वेली, प्रेस संगठन झापाका अध्यक्ष मुक्ति पौडेल, प्रेस संगठन प्रदेश १ का सदस्य सुब्रत न्यौपाने, पत्रकार महासंघ प्रदेश समिति सदस्य तीर्थ सिग्देल, प्रेस युनियनका पुर्व केन्द्रीय सदस्य लोकराज ढकाल, फोनिजका प्रदेश १ का अध्यक्ष दिपिन राई, आदिबासी पत्रकार संघका अध्यक्ष इन्द्रसिंह राजबंशी, मिडिया नेपालकी लिला अनमोल, नारी सञ्चार गृह झापाकी अध्यक्ष तथा पत्रकार महासंघ झापाकी उपाध्यक्ष भिमा शिवाकोटी लगायतले संसद बिघटनले देश मुडभेडको अवस्थामा पुगेको भन्दै तत्काल प्रतिगमन सच्याउन माग गरेका थिए । पुस ५ गते संसद विघटन भए पछि पत्रकारजन्य संस्थाहरुले संयुक्तहरुमा अन्दोलन गरेको झापामा नै पहिलो हो ।