बिर्तामोड, माघ २३ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले केपी शर्मा ओलीले संविधान माथि बलात्कार गरेको बताउनु भएको छ । प्रतिनिधिसभा विघटन भएपछि पहिलोपटक गृहजिल्ला इलाम जानेक्रममा आज अपरातन्ह झापाका सञ्चारकर्मीहरुसंग कुरा गर्दै खनालले ओलीको बेइमानीकै कारण नेकपा बिभाजनको संघारमा पुगेको बताउनु भयो । प्रेस संगठन नेपाल झापा शाखाले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पुर्व प्रधानमन्त्री समेत रहनु भएका खनालले केपी ओलीको असंवैधानिक कदमका कारण मुलुक गभ्भिर संकटमा फसेको समेत बताउनु भयो ।
‘हामी कुनै अलमल र भ्रममा छैनौँ केपी ओलीले चालेको कदम प्रतिगमन नै होू ।’ नेकपाका वरिष्ठ नेता खनालले भन्नुभयो,ू ‘ओली लोकतन्त्र, संविधान र जनादेश विरुद्ध लागेका छन, अहिले उनी त्यही भाँडभौलो गरिरहेका छन ।’
आज काठमाडौँमा ओलीले गरेको सम्बोधन प्रति लक्षित गर्दै खनालले पञ्र्च यालीू निकालेर ओलीले संघीयता र गणतन्त्रको धज्जी उडाएको जिकिर गर्नु भयो । संविधान ध्वस्त पार्ने कामलाई कसैले पनि सही भन्न नसकिने तर्क गर्नु भएका खनालले ११ वटा संवैधानिक आयोगमा गैरकानुनी र असंवैधानिक नियुक्ति गरेर ओलीले नाङ्गो नाच देखाएको तर्क गर्नु भयो । अहिले मुलुकमा राजनीतिक र संवैधानिक लडाइ जारी रहेको बताउँदै खनालले तानाशाही सरकारले सडकमा डंक पिटेर जग हसाएको बताउनु भयो ।
‘ओलीलाई जे गर्न मन लाग्छ, उनी अहिले त्यही गरिरहेका छन, राम्रो कुरा उनको बुद्धिमा छैन, सकारात्मक काम उनले गर्दैनन ।’ खनालले भन्नु भयो, ‘ओलीले एकतन्त्रीय शासन चलाउन चाहेका छन, त्यो सम्भव नै छैन ।’ आँखामा पट्टि बाँधेकाले मात्रै ओलीलाई समर्थन गरेको ठोकुवा गरेका खनालले केही दिन भित्रै ओली एक्लिने दाबी समेत गर्नु भयो ।
सर्बोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्नेमा आफू ढुक्क रहेको बताउनु भएका खनालले निर्वाचन आयोगले पनि आफूहरूलाई नै आधिकारिकताको मान्यता दिने बताउनु भयो । अदालतले न्याय नगरे सडक संघर्षबाट प्रतिनिधिसभा स्थापित गरेरै छाड्ने दृढता व्यक्त गर्नु भएका खनालले कांग्रेस सभापति शेरबहादुर देउवा र आफू बीच भएको भेटमा त्यही सहमति भएको खुलासा समेत खनालले खुलासा गर्नु भयो । प्रतिगमन विरुद्ध सडकमा ओर्लन सबैलाई आव्हान गर्नु भएका खनालले केही समयपछि संयुक्त आन्दोलन हुने जिकिर समेत गर्नु भयो ।