मेचीनगर, माघ २० ।
संसद विघटनसंगै बिभाजित बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय समुहले हिजो झापा जिल्ला कमिटि बिस्तार गरेको छ । बिर्तामोडमा सम्पन्न पार्टीको चौथो पूर्ण बैठकले जिल्ला कमिटिलाई बिस्तार गरी ६०१ सदस्यीय बनाएको नेकपा झापाका अध्यक्ष चिन्तन पाठकले सेतोपत्रलाई जानकारी दिनु भयो ।
जिल्ला कमिटिमा यस अघि भएको १७५ जना सदस्यहरुलाई यथावत राखेर ओली पक्षले कमिटि बिस्तार गरी ६०१ सदस्य पुर्याएको हो । हिजो बिस्तार गरिएको जिल्ला सदस्यहरुमा मेचीनगरबाट ५४ जना नयाँ जिल्ला सदस्य थपिएका छन ।
मेचीनगरबाट राजु पोखरेल, राजु कार्की, मोहन काजी, कृष्ण कनाल, भुवन आचार्य, सन्तोष मेचे, पासाङ्ग तामाङ्ग, शंकर पोखरेल, हर्क बहादुर बस्नेत, तिलक न्यौपाने, राम ओली, बिष्णु कुमार श्रेष्ठ, राजकुमार श्रेष्ठ, भुपाल ओली, प्रल्हादमणी ओली, लक्ष्मी उप्रेती सिस्नु, निरु परियार, निर्मला आचार्य, हरि चम्लागाइ, दिपक बराल, तुलशा धिताल, लम्बोधर पौडेल, छोट बहादुर राई, बेदप्रकाश भण्डारी, रमा भण्डारी, कनक कार्की, खगेन्द्र भण्डारी, अर्जुन कार्की, बिष्णु सुवेदी, जिल्ला सदस्यमा चयन हुनु भएको छ ।
त्यसैगरी खिलबहादुर गिरी राजु, किरण तामाङ, गणेश चौहान, कल्पना ओली सिटौला, सुमन थापा, लेखनाथ धिताल, हेमकुमार राई, अग्नी घिमिरे, पुष्पा भण्डारी, दुर्गा आचार्य, भुवन आचार्य, रुद्र डाँगी, अन्जु बर्देवा, याम बराल, प्रेम बिष्ट, देबेन्द्र बस्नेत, लक्ष्मी गुरागाई, सुदर्शन बराल, जीवन प्रसाई, बिन्दा प्रसाई, पदम गौतम, कुश्मी कुमारी चौधरी, सुरेश बुढाथोकी, कमला सुवेदी र इन्द्र बाँस्कोटा जिल्ला सदस्यमा चयन हुनु भएको नेकपा जिल्ला सदस्य राजु पोखरेलले सेतोपत्रलाई जानकारी दिनु भयो ।
पार्टी बिभाजन हुनु अघि २७ जना जिल्ला सदस्य रहेको मेचीनगरमा ओली पक्षले ५४ जनालाई थप गरेको छ । बिगतमा २७ मध्ये ओली पक्षमा १३ जना र प्रचण्ड माधव पक्षमा १४ जना रहेको प्रचण्ड माधव पक्षका एक जिल्ला सदस्यले सेतोपत्रलाई जानकारी दिनु भयो ।